भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन: गृहमन्त्री

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम दिन ढिला नगरिने बताएका छन् । 

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बिहीबार उनले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका निम्ति दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार दिइने जानकारी गराए ।

दोस्रो किस्ता दिनका लागि पनि कुनै ढिलाइ नहुने उनले स्पष्ट पारे । उनले दुई किस्तामा दिइने भएपनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गरे । 

गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका निम्ति मात्र पाँच अर्ब रुपैयाँ चाहिने बताए । 

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस