गुरुकुलका विद्यार्थीहरू बन्द शिविरमा

दाङ । गुरुकुल विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक सीप सिकाउन क्लोज क्याम्पको आयोजना गरेको छ । विद्यालयले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई मर्पेस डाँडामा क्लोज क्याम्प गराएको छ । विद्यार्थीहरूले सिकेको ज्ञानका बारेमा पत्रकार सम्मेलनको आयोजन गरि जानकारी गराएका छन् ।
त्यस अवसरमा विद्यार्थी शुभेच्छा पाण्डेले आफुहरुलाई क्लोज क्याम्पले नयाँ कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् । क्लोज क्याम्पमा आफूले पहिलो पटक खाना पकाउन सिकेको बताइन् । आफैले खाना पकाएर खानु पर्दा खान पकाउन सिकेको उनको भनाइ रहेको छ । किताबी पढाइ मात्र नभइ व्यवहारिक रुपमा सिक्न पाउँदा आफुहरुलाइ सहयोग पुगेको उनको भनाइ रहेको छ ।
रितु थापाले सामूहिक कार्य गर्ने सिकाइ भएको बताइन् । दृष्टि अधिकारीले प्रकृति र वातावरणको बारेमा बुझन पाएको बताइन् । समयको महत्व बुझ्न पाएको उनले बताइन् । कुन्दन केसीले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गराउन गराउन सहयोग पुगेको बताए । प्रज्ञा अधिकारीले आफूहरूले आफै फिल्ड भिजिट गर्दा उक्त क्षेत्रमा बसोवास गर्ने नागरिकको अवस्थाका बारेमा जानकारी लिन पाएको बताइन् । उनीहरूले अहिले सम्म यस प्रकारको वातावरणमा घुलमिल हुन र ग्रामीण भेगको जीवन स्तर बुझ्ने मौका पाएका थिएनन् ।
गुरुकुलले शिक्षा सँगै थप यो अवसर पनि प्रदान गरेको छ । कार्यक्रम विद्यालयका सहायक प्रिन्सिपल मुकुन्द गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लोज क्याम्पका अफिसर इन्द्र प्रसाद पोख्रेलले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइमा सहयोग पुगेको बताउनुभयो । कार्यक्रमको सहजिकरण विद्यार्थीहरू अंशु खनाल र रुपम पौडेलले गरेका थिए । विद्यालयले हरेक वर्ष यस प्रकारको कार्य गदै आएको छ ।