समाजवादी मोर्चा नेपाल दाङले सबै पालिकाहरूमा मोर्चा गठन गर्ने

फाइल तस्बिर

दाङ ।  समाजवादी मोर्चा नेपाल दाङले दाङका सबै पालिकाहरूमा कार्तिक १५ गते सम्म पालिका स्तरको समाजवादी मोर्चा गठन गर्ने भएको छ । मोर्चाको  घोराहीमा बसेको बैठकले समावेशितालाई ध्यान दिई अध्यक्ष सहित दुई/दुई जना रहने गरी कार्तिक १५ गते सम्म पालिका स्तरको मोर्चा गठन गर्ने निर्णय भएको हो । 

समाजवादी मोर्चा दाङका संयोजक एवं ( माओवादी केन्द्र )  दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरको अध्यक्षतामा शुक्रबार  घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाको बैठकले समाजवादी मोर्चा जिल्ला समिति दाङ गठनको घोषणा तथा समिति गठन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण मा हार्दिक धन्यवाद व्यक्त गर्दै समाजवादी यात्रामा निरन्तर लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ  । 

समितिको नेतृत्व क्रमशः सबै घटक दलले गर्ने सहमति अनुसार हाल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )  दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरको संयोजकत्वमा दाङ जिल्ला समिति गठन गरिएको बैठक पछि जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  जसको अन्य सदस्यहरूमा एकीकृत समाजवादी दाङका अध्यक्ष भूप बहादुर केसी,  माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य ,नेपाल  कम्युनिष्ट पार्टीका प्रदिप सि ,विक्रम सि ,माओवादी केन्द्रका राधिका परियार, जनता समाजवादी पार्टीका दाङ जिल्ला अध्यक्ष जगतराम यादव, नजिर अहमद सिद्धिकी, भरतराज चौधरी, एकीकृत समाज बादीका हरिकला बाँठा ,गजेन्द्र बहादुर खड्का रहेका छन् ।

त्यसैगरी  समाजवादी मोर्चाको दैनिक कामकाज सञ्चालनका लागि ४ सदस्य सचिवालय समेत गठन गरिएको छ । जसमा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला सचिव विश्वराज आचार्य ,नेकपाका प्रदिव वली सी  एकीकृत समाजवादीका हरिकला बाँठा र जसपाका  नजिर अमहद सिद्धिकी रहेका छन्  ।  मोर्चाले २०८० साल कार्तिक १७ गते घोराहीमा सन्देश सभा गर्ने तथा सम्पूर्ण काम कार्यवाहीमा सहकार्य गर्ने निर्णय गरिएको बैठक पछि मोर्चाका दाङ जिल्ला संयोजक  पुनमगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस