ज्ञान दीप कलेज लुम्बिनी प्रदेशमै प्रथम

तुलसीपुर । दाङको तुलसीपुर ६ बरुवागाउँमा अवस्थित ज्ञान दीप कलेज विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको छ ।
शैक्षिक सत्र २०७९÷०८० मा भएको विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा ८५ दशमलव ८ प्रतिशत अंक ल्याएर लुम्बिनीमै प्रथम स्थान हासिल गर्न सफल भएको कलेजले जनाएको छ ।
सोही संकायमा अध्ययनरत छात्रा स्वस्तिका विष्टले ८५.८० प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमै प्रथम भएकी छिन् । त्यस्तै स्वस्तिकासहित सोही संकायमा अध्ययनरत ३० जना छात्रछात्राले परीक्षा उत्र्तिण गरेका छन् ।
ज्ञान दीप कलेज दाङ जिल्लाकै नम्बर वान कलेजको रुपमा परिचित छ । यस कलेजले वि।सी।ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउँदै आएको छ ।
प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस