२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ : लामिछाने

दाङ । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरुकै वितृष्णाका कारण आफूहरु राजनीतिमा आएको र जनताले साथ दिएको बताएका छन् ।

दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरुको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गर्न पनि ठूला दलहरुलाई आग्रह गरे । जनताका पक्षमा काम गर्ने र भ्रष्ट दलहरु एक ठाँउमा रहन नसक्ने भन्दै २०८४ को निर्वाचनले कि आफूहरुको क्री भने ठूला भनिएका भ्रष्ट दलहरुको राजनीतिक सटर बन्द हुने पनि बताए ।

सभापति लामिछानेले अहिले सरकारले भष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गरेको टिप्पणी गरे । जनताको पक्षमा काम गर्न भनेर गएका दलहरु राष्टिय स्वतन्त्र पार्टिलाई गाली गर्न र आफ्नो लाज ढाक्नलाई मात्र समय खर्चिएको भन्दै राष्टिय पार्टिको चिन्ता भन्दा जनताको समस्याका बारेमा चिन्ता लिन र काम गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस