आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z’qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t’t ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं : प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ ।  अपराह्न ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने छन्।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ।

सदन साउन १० गतेयता अवरुद्ध भइरहेको छ। संसद् बैठक सहज बनाउने विषयमा दलहरू सोमबार बेलुकी सहमति नजिक पुगेकोले मंगलबारको बैठकले निरन्तरता पाउने विश्वास गरिएको छ। ​संसद्को गतिरोध हटाउने प्रयासस्वरूप राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

यस्तै राष्ट्रियसभाको बैठक बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची छ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस