एनएमसी कलेजले व्यवस्थापनका सिद्धान्तहरू व्यक्तिगत जीवनमा प्रयोग गर्ने कला सिकाउँदै

नेपालगन्ज । नेपालगन्जमा रहेको एनएमसी कलेजले व्यवस्थापनका सिद्धान्तहरूलाई व्यक्तिगत जीवनमा प्रयोग गर्ने कला सिकाउने थालेको छ । आदर्श ग्रुपद्वारा सञ्चालित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विविएस अध्ययन हुने पश्चिम नेपालकै उत्कृष्ट कलेजले व्यवस्थापनका विद्यार्थीहरूले विविएसको अध्ययनको दौरानमा सिकेका व्यवस्थापकीय सिद्धान्तलाई व्यक्तिगत सफलताको लागि जीवनमा प्रयोग गर्ने कला सिकाउन थालेको हो ।

कुनै पनि व्यवसायको सफलतामा जति महत्व व्यवस्थापनका कार्यहरूको हुन्छ, त्यतिकै महत्व व्यक्तिको सफलतामा हुने भएकाले कलेजले विद्यार्थीहरूलाई प्रदान गर्ने व्यवहारिक सिकाइलाई निरन्तरता दिएको र भविष्यमा दिइरहने कलेजका प्रमुख निर्देशक ईश्वर प्रसाद पोख्रेलले जानकारी दिए । उनले भने,‘ जसरी व्यवसायिक सङ्गठनले अवसरहरूको पहिचान गरेर आफ्नो उद्देश्य निर्माण गर्दछ ।

त्यसै गरेर नै कुनैपनि व्यक्ति सफल हुनको लागि अवसरहरूको पहिचान गरेर आफ्नो लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ । ’ उनका अनुसार कलेजले विविएसको अध्ययनको दौरानमा सिकाउने व्यवस्थापनका सिद्धान्तहरूलाई विद्यार्थीहरूले व्यक्तिगत जीवनमा प्रयोग गर्दै सम्पूर्ण विद्यार्थीहरूले समग्र गुणस्तर व्यवस्थापनद्वारा जीवनमा सफलता प्राप्त गर्न सकुन् भन्ने उद्देश्य हो । त्यसैको निरन्तरताको लागि कार्यक्रम भएको कलेजका प्रमुख शिक्षण सल्लाहकार, व्यवस्थापनका विज्ञ प्रकाश लामिछानेले जानकारी दिए । आइतबारको सेसनको लागि कलेजले पोखरा मणिपाल कलेज अफ मेडिकल साइन्सेज अन्तर्गत फार्मोकोलोजी विभागका प्रमुख तथा व्यक्तिगत व्यवस्थापनका विज्ञ डा। सुदेश ज्ञवालीलाई वाह्य विज्ञका रुपमा आमन्त्रित गरेको थियो ।

कार्यक्रममा प्रशिक्षण दिँदै डा. ज्ञवालीले कुनै पनि व्यक्तिको पहिलो प्राथमिकतामा स्वयं व्यक्ति नै पर्नु पर्ने भएकोले व्यक्तिले आफू भित्रको म लाई चिनेर जीवनका लक्ष्य प्राप्त गर्नुपर्ने बताए । यस्तै कलेजको उद्देश्य नै विविएसका विद्यार्थीहरू र अभिभावकहरूमा व्यवस्थापन शिक्षाको व्यवहारिक पक्षलाई प्रयोग गरेर आर्थिक व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, तनाव व्यवस्थापन जस्ता तत्व हरू द्वार समग्र जिवन गुणस्तर उच्च बनाउन टेवा दिने रहेको व्यहोरा कलेज प्रमुख थानिश्वर पाण्डेले बताए ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस