कक्षा-१२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। कक्षा-१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो। बोर्डले नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने जनाएको छ।
यसरी हेर्नुहोस् परीक्षाफल
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ। बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।

