वि.वि.एस. तेस्रो वर्षमा ज्ञानदिप क्लेज दाङमै उत्कृष्ट नतिजा ल्याउन सफल

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाँउमा अवस्थित रहेको ज्ञानदिप क्याम्पस जिल्लाकै उत्कष्ट नजिता ल्याउन सफल भएको छ । ज्ञानदिप क्याम्पस जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा आफ्नो पहिचान बनाउदै आएको क्याम्पस प्रमुख सुरेन्द्र जिसीले बताए ।

प्रमुख जिसीका अनुसार हालै त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको वि.वि.एस. तेस्रो वर्षको नतिजामा यस क्याम्पसका छात्र नारायण केसीले ७७.२० प्रतिशत अंक प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट भएका हुन् । तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले २०१८मा रजिष्ट्रेशन फाराम भरेकोमा परीक्षा भने २०७९ सालमा भएको थियो । उक्त परीक्षाको नतिजा २०८० सालमा प्रकाशित भएको प्रमुख जिसीले बताए । साथै अहिले विद्यार्थीले चौथो वर्षको परीक्षा दिएका छन् ।

त्यस्तै केसीसंगै यस क्याम्पसमा अध्ययनरत २४ जना विद्यार्थीले उत्कृष्ट अंक ल्याएर वि.वि.एस. तेस्रो वर्षको परीक्षामा उत्कृष्ट अंक ल्याएर उर्तिण भएका हुन् । २०७० सालदेखि यस क्याम्पसले आफ्नो शैक्षिक यात्रालाई सुरुवात गर्दै विभिन्न विषयमा अगाडी बढाएको क्याम्पसका व्यवस्थापन समितीका अध्यक्ष टिकाबहादुर जिसीले बताए । यस क्याम्पसले व्यवस्थापन संकाय तर्फ (बि.बि.एस.), विज्ञान संकाय तर्फ (बि.एस.सी.), मानविकी संकाय तर्फ (बि.सी.ए. र बि.ए.) को अध्यापन गराउँदै आएको उनले बताए ।

त्यस्तै यस क्याम्पसले विगतका वर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ । यस क्याम्पसमा हाल करिब एक हजार बढी विद्यार्थीले स्नातक तह नियमित अध्ययन गरीरहेका छन् । त्यस्तै यो क्याम्पस शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुँदै आएको छ । भने यस क्याम्पसमा सैद्धान्तिक रुपमा पढाइ हुनुका साथै व्यवहारीक शिक्षालाई पनि प्राथमिकता दिदै आएको छ ।
यस क्याम्पसमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुले देशभरका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस