फोरलेन सडक ठेक्का सम्झौता रद्द भयो : मन्त्री शर्मा

दाङ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले दाङको अलपत्र फोरलेन सडकको सम्झौता तोडिएको बताएकी छिन् । दाङ सूचना सञ्चार सहकारी संस्था द्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १७ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले अलपत्र फोरलेन सडक ठेक्का सम्झौता रद्द गरिएको बताएकी हुन् ।  भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणको जिम्मा लिई काम चारवर्षदेखि अलपत्र पारेकाले नेपाल सरकारले उक्त निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया थालन गर्न लागेको बताएकी छिन् ।

सडक निर्माणको नयाँ निर्माणको काम नहुँदासम्म अलपत्र परेको फोरलेन सडकको बिग्रे भत्किएको ठाउँमा नेपाल सरकारले आफैले मर्मत सम्भार गरी धुलो हिलो र खाल्टाखुल्टी मर्मत सम्भार गरी तत्कालीन ‘टुं–लेन’ सडक प्रयोगमा ल्याउने बताएकी छिन् । जसका लागि आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम मार्फत तत्काल अलपत्र फोरलेन सडकको मर्मत सम्भारका लागि नेपाल सरकारले बजेट व्यवस्थापन गरी दाङवासीको आवागमनमा सहजता ल्याउने उनको भनाई थियो ।

उनले भनिन–‘ भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणका नाममा अलपत्र पारेकाले फोरलेन सडक निर्माण ठेक्का सम्झौता नेपाल सरकारले रद्द गरेको हो । ’ ठेक्का रद्द पनि नेपाल सरकारले आफैले उक्त अलपत्र सडकको मर्मतसम्भार गर्ने उनले बताइन् ।  मन्त्री शर्माले उक्त अवसरमा नेपाल सरकार अहिले सुशासन पक्षमा दृढताका साथ उभिएर मुलुकलाई समृद्धिको बाटोमा डोहो¥याउन खोजेको बताएकी छिन् । जसका लागि नेपाल सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुलुकको नीति निर्माण तहका व्यक्तिहरूले उक्त प्रकरणको अभियोगमा मुच्छि रहेकाले सत्यतथ्य छानविन सहित मुलुकको अस्मिता जोगाउन प्रत्यत्नशील बनिरहेको उनको भनाई थियो ।

उनले भनिन–‘ राष्ट्रकै नीति निर्माण तहका व्यक्तिहरू उक्त प्रकरणको अभियोग लागेको वर्तमान सरकारले सत्यता खोजी गरी सुशासन प्रत्याभूति नागरिकलाई दिलाउने छ । ’ जसका लागि सरकारले कटिबद्ध समेत रहेको उनको भनाई थियो । रेडियो सञ्चालक समितिका अध्यक्ष मधुसुदन वैद्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस