गुरुकुल एकेडेमीमा चुनियो निर्वाचन प्रक्रियाबाट बिद्यालय कप्तान तथा उप–कप्तान

दाङ । गुरुकुल एकेडेमीका कक्षा १० का विद्यार्थीहरु दिपेश वली र कक्षा ९ प्रज्ञा अधिकारी निर्वाचन प्रक्रयाबिाट कप्तानतथा उपकप्तानमा छनौट भएका छन् । लोकतान्त्रिक विधि उच्च प्रतीस्पर्धा, मतदान शिक्षा, मतपरिणाम जस्ता कुराको बारेमा सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिनका लागि विद्यार्थीहरुलाई चुनावी माहोलमा अव्ययस्थ बनाउनको लागि विद्यालयले कप्तान, उपकप्तान तथा सदन कप्तान र उपकप्तान चुनेको हो ।

विद्यालयका अनुशासन संयोजक थिन्ले वाङदी भुटिया मुख्य निर्वाचन अधिकृत भएर गरिएको निर्वाचनमा कप्तान तर्फ ३ जना र उपकप्तान तर्फ ४ जनाले भाग लिएका थिए । कुल २६८ मत खसेकोमा कप्तानतर्फ विद्यार्थीहरु प्रक्षित खड्का १० मत, र उत्सव पोख्रेल १२४ मत लिएका थिए भने दिपेश वली १२५ मत लिएर बिजयी भएका हुन । यसैगरी उप कप्तान तर्फ गौरी पोख्रेलले ७१ मत, पुष्पा पुनले ५६ मत र परी महराले ४८ मत लिएका थिए, भने प्रज्ञा अधिकारीले ८० मत लिएर निर्वाचित भएकी थिइन ।

कप्तानतर्फ दिपेश वलीले आफ्ना निकटतम प्रतिद्धन्दि उत्सव पोख्रेल संग १ मतको मतान्तरले विजयी भएको हुन भने उपकप्तान तर्फ ९ मतको मतान्तरमा प्रज्ञा अधिकारी विजयी भएकी हुन । कप्तान र उपकप्तानको चुनावमा मत संख्या २९०जनामा २६८ मत खसेको थियो । कप्तानतर्फ र उपकप्तान तर्फ जम्मा ५ मत बदर भएको थियो । विद्यालयका अनुशासन संयोजक तथा निर्वाचन अधिकृत थिन्ले वाङदि भुटियाले जानकारी दिए ।

विद्यालयका शिक्षकहरु अरबिन्द अधिकारी, आशा चौधरी, भुवन आचार्य लालबहादुर रावत र संजय रोका मतदान सहायकको रुपमा खटिएका थिए भने शिक्षकहरु इशा राणाक्षेत्री, संगीता बस्नेत, शान्ता आचार्य निर्वाचिन आयोगका समितिको रुपमा खटिएका थिए । यसैगरी विद्यालयका सहयाक प्रधानाध्यापक मुकुन्द गिरीले कार्यसम्पादन गरेका थिए । पर्यवेक्षकमा सहायक प्रधानाध्यापक मुकुन्द गिरी र प्रधानाध्यापक डां. कृष्णराज डिसी रहेका थिए । विजयी विद्यार्थीलाई प्रमाणपत्र र सपथ ग्रहण बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरे र प्रधानाध्यापक डां.कृष्णराज डिसीले गराएका थिए ।

यसैगरी गुरुकुल एकेडेमीका विद्यार्थीहरुको ४ समुहमा विभाजन गरिएको छ । यी ४ समुहको पनि कप्तान तथा उप कप्तान यहि निर्वाचनबाट चुनिएका थिए । रुवि समुहको कप्तामा अंशु खनाल ४९ र उप कप्तानमा प्रज्ञा थापा ३९ निर्वाचित भएका छन । यसैगरी एमरल्ड समुहको कप्तानमा एलोन केसी ३७ र उप कप्तानमा प्रेगेन्द्र बस्नेत ४६, सफायर समुहको कप्तानमा एन्जस चन्द ४० र उप कप्तानमा कृतज्ञ अधिकारी ४० र टोपाज समुहमा कप्तानकुन्दन केसी ४५ र उप कप्तान अनुभव पाण्डे २५ मतका साथ निर्वाचित भएका छन ।

निर्वाचनको सम्पूर्ण ब्यवस्थापन विद्यालयका नेपाली विषयका विभागीय प्रमुख तथा शिक्षक विवेक देवकोटाले गरेका थिए । भने सहायक प्रधनाध्यापक मुकुन्द गिरीको संयोजकत्वमा निर्वाचन भएको थियो । नव निर्वाचित कप्तान तथा उप कप्तानहरुले बिद्यालयको अनुशासन र अन्य गतिविधि सुधार गर्नको लागि महत्वपूर्ण भूमिका रहने विद्यालयको विश्वास छ ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस