महोत्सवको छैठौं दिन : खेम सेञ्चुरीले नचाए दर्शक

दाङ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा आज मङ्गलबार छैठौं दिन गायक खेम सेञ्चुरीले दर्शकलाई मनोरञ्जन दिएका छन् ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज मङ्गलबार गायक सेञ्चुरी गीत गाउँदा दर्शकले उनीसँगै गीत मात्र गाएनन् छमछमी नाचेका पनि हुन् । गायक सेञ्चुरीले सुर्ती माड्दै माड्दै, कपलु कोरेर, कामी दाइको छोरो, काँचो बेलाउती,चार तोलाको बाला लगायतका गीत प्रस्तुत गरेका थिए ।

महोत्सव गायक मोती केसी, राजकुमार वली, गायिका अनु राना मगर गायिका शर्मिला अर्याल, बिमला भण्डारीको पनि प्रस्तुति रहेको थियो । एलिसा डान्स ग्रप काठमाडौंका नृत्यङ्गनाहरु एलिसा बराल, सीमा श्रेष्ठ र एन्जिला श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै महोत्सवमा डिएमएस नारायणपुर डान्स ग्रुप र द लेभल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए ।

महोत्सवमा भोलि बुधबार जानकी तारमी र सुप्रिम मल्ल

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि बुधबार जानकी तारमी मगर र सुप्रिम मल्लको प्रस्तुति रहने छ । जानकी पछिल्लो चरणमा नेपाली सङ्गीतमा रूचाइएकी गायिका हुन् ।

जानकीका हरियो कुर्ताले, भेनाको जातैले, छ्याप्पेै माया लै लै, ढाड दुखेर मार्यो, तरुनी कसो गरौँ नि लगायतका गीत चर्चामा रहेका छन् । त्यस्तै गायक मल्लका धोकेबाज हौ तिमी, जाऊ बाबु नभन्नु आमा, फापरको पिठो पठाइदेऊ आमा, ओए काजल लगायतका तीत चर्चामा रहेका छन् ।

साथै भोलि महोत्सवको सातौँ दिन गायक शालिक क्षेत्री, राजकुमार वली, गायिका शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस