महोत्सवको तेस्रो दिन : लोक गायक खुमनसँगै दर्शक झुमे

दाङ ।  नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म  ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज तेस्रो दिन दर्शकहरू लोक गायक खुमन अधिकारीसँगै झुमेका छन् ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज शुक्रबार गायक अधिकारीको प्रस्तुतिसँगै दर्शकहरूले मनोरञ्जन लिएका हुन्

। लोक दोहोरीको क्षेत्रका अब्बल गायक अधिकारीको प्रस्तुतिसँगै महोत्सवको रौनकता पनि बढेको सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले बताए ।  गायक खुमनसँगै गायिका अनु राना मगरको प्रस्तुतिमा पनि दर्शकहरू त्यतिकै रमाए ।   महोत्सवमा गायक देवेन्द्र बस्नेत, केशर वली, गायिका शर्मिला अर्यालको पनि प्रस्तुति रहेको थियो । नृत्याङ्गनाहरू सीमा श्रेष्ठ, एलिना बराल र एलिना श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै द लिगल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए ।

आइतबार नरेश खाती

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा  आइतबार  लोक गायक नरेश खातीको प्रस्तुति रहने छ । खाती दाङका हुन् । दाङबाट नेपाली गीत सङ्गीतमा प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्दै आएका छन् । साथै   महोत्सवको चौथो दिन गायक प्रेम शर्मा, गायिकाहरू अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्याङ्गनाहरू एलिसा बराल, एन्जिला श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस