लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा चौधरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम  प्रदेशका मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले जानकारी दिए।

प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि दावी पेशको आज ४ बजेसम्म समयसीमा तोकी आह्वान गरेका थिए। सोही  बमोजिम तोकिएको समयभित्र अन्य कुनै सदस्यको दावी नआएको र यसअघि आजै तोकिएको समयसीमामा प्रदेश प्रमुख समक्ष नेपाली कांग्रेस, लुम्बिनी प्रदेश संसदीय दलका नेता  चौधरीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दल र स्वतन्त्र प्रदेशसभा सदस्य समेत गरी जम्मा ५३ जना प्रदेशसभाका सदस्यहरूको समर्थनमा हस्ताक्षरसहित दाबी पेश गरेका थिए। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गरेका थिए।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस