घोराहीका शिक्षकहरु कालोपट्टी बाँधेर काममा

दाङ । नेपाल शिक्षक महासङ्घको आह्वानमा घोराहीका शिक्षकहरूले बुधवार हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन । घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरूको सरुवा गरेको विरोधमा काम गरेका हुन ।


शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका बिभिन्न १३ वटा सङ्गठनले विरोध गरेका छन । जिल्लामा क्रियाशील ८ वटा सङ्गठनले संयुक्त विज्ञप्ति निकालेर शुक्रवार दिउँसो २ बजे घोराहीमा विरोध रयाली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन ।

उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका नाममा १ सय १ जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरू आन्दोलित भएका छन । प्राथमिक तहको दरबन्दी मिलानका नाममा मावि, निमावि र सहयोगी कार्य कर्ताको ज्यादती पूर्ण सरुवा गरेपछि आन्दोलनको विकल्प नभएको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिए । 

यस्तै तुलसीपुर उपमहानगरपालिकाले मनोमानी ढंगले शिक्षकहरूको सरुवा गरेको भन्दै नगर स्तरीय विद्यालय व्यवस्थापन समन्वय समितिले विरोध जनाएको  थियो ।  समितिले उपमहानगरपालिकाले शिक्षा ऐन, संघीय ऐन कार्यविधि विपरित रहेर शिक्षक सरुवाबढुवाको दरबन्दी मिलानका नाममा शिक्षक व्यवस्थापन गर्ने नाममा ज्यादती गरेको विरोध जनाएको थियो । 

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस