राजनीतिक उथल पुथलका कारण हाम्रो संस्कृति माथि हमला भयो : मन्त्री यादव

दाङ । लुम्बिनी प्रदेशका उद्योग‚ पर्यटन विकास तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले राजनीतिक उथल पुथलका कारण हाम्रो संस्कृति माथि हमला भएको बताए ।शनिबार दाङ घोराही स्थित धारपानीमा शिवरात्रीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधागद मन्त्री यादवले सनातन हिन्दु धर्म मान्ने नेपालीहरूले हिन्दु धर्ममा विश्वास गर्दै आएको भएयता पनि केही वर्षदेखि भएको राजनीतिक उथलपुथलले हाम्रो संस्कृति माथि हमला भएको बताए ।
उनले भने,‘ हामी हिन्दु हौँ । सनातन हिन्दु धर्म मान्ने नेपालीहरूले हिन्दुमा विश्वास राख्छौँ । हाम्रा मन्दिरका मुक्तिहरु तोडिए । हामी जुन सुकै राजनीतिक दलमा भएपनि जुन दलमा आस्था राखे पनि हामी हिन्दु हो । हामीले हिन्दु धर्मलाई गर्व गर्छौँ । विश्वको सबै भन्दा एक नम्बरको धर्म हिन्दु हो ।’
यसैगरी उनले मानिस जन्मदा हिन्दु धर्म भएर जन्मिने गरेको भएयता पनि पछि लोभ वा प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने गरेको पनि उल्लेख गरे । धर्म भनेको संस्कृतिसँग जोडिएको हुने भएकाले जुन देको संस्कृति राम्रो हुन्छ । त्यसले त्यस देशको जनतालाई सम्य बनाउने पनि बताए । उनले भने,‘ जुन घरमा संस्कृति छैन्, संस्कार छैन् । त्यो घर परिवारको जीवनस्तर राम्रो हुँदैन । त्यसैले हामी नेपालीले संस्कृति र संस्कारलाई मान्नु पर्छ ।’ उनले धारापानी मन्दिरमा धर्मशालाको आवश्यकता रहेको भन्दै त्यसका लागि मन्त्रालयले सहयोग गर्ने समेत बताए । उनले भने,‘ यो मन्दिरले लुम्बिनी प्रदेशलाई आर्थिक रुपमा समृद्धि बनाउने छ । यहाँका नागरिकहरूको जीवन स्तर माथि उठ्ने छ । त्यसले यस मन्दिरलाई व्यवस्थापन गर्न जरुरी रहेको छ ।’

उनले लुम्बिनी प्रदेश देश कै महत्वपूर्ण मन्दिरहरू रहेको प्रदेश रहेको पनि उल्लेख गरे । ‘ लुम्बिनी पनि यही प्रदेशमा पर्दछ । स्वर्गद्वारी मन्दिर पनि यही प्रदेशमा रहेको छ । विश्व कै अग्लो त्रिशूलका रुपमा चिनिएको मन्दिरमा यही छ । यस्ता धेरै संस्कृति तथा पर्यटकीय स्थलहरू रहेका छन् । सबैलाई व्यवस्थापन गरेर पर्यटन व्यवसायलाई सफल बनाउन सकेमा लुम्बिनी प्रदेश छिट्टै नै समृद्धि प्रदेश बन्छ,‘ उनले भने । यस्तै उनले आफू जुनसुकै पार्टीबाट मन्त्री बनेको भएयता पनि प्रदेशको विकासमा कुनै विभेद नगर्ने समेत बताए ।
उनले प्राकृतिक सम्पदाहरूको पहिचान गरेर मन्त्रालयमा आउन समेत आग्रह गरे । उनले यो देशलाई माथि उठाउने पर्यटन र कृषि रहेको पनि बताए । महाशिवरात्रिको अवसरमा घोराहीस्थित रणसिंह दलको नेपाली सेनाको एक समुहले सलामी समेत अर्पण परेको थियो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवलगायतका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।