राष्ट्रपतिमा राष्ट्रिय सहमति भयो भने राम्रै हुन्छः सञ्चारमन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाहिर गएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन पहल भइरहेको बताएकी छन् । दाङमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय नै दिनुपर्ने भन्ने नभएको पनि बताइन् ।

उनले भनिन्, ‘रवि जीको कुरा फरक भइहाल्यो । अहिले आाउँदा एउटा अदालतको आादेश भयो, त्योअनुसार उहाँ तत्काल आउन सक्ने अवस्था रहेन । गृह मन्त्रालय व्यक्तिमा जानेभन्दा पनि त्यो गठबन्धनबीचको सहमतिकै आधारमा अघि बढ्ने हो ।’उनले सरकारको तर्फबाट सकेसम्म सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने पहल भएको बताइन् ।

‘कतिपय संवैधानिक पदहरुमा तटस्थताका पदहरु हुन्छन् । ती पदहरुमा राष्ट्रिय सहमति कायम गर्न सकियो भने राम्रै हुन्छ, ‘उनले भनिन्, ‘प्रधानमन्त्रीको विश्वासको मत लिने कुरामा एउटा राष्ट्रिय सहमतिजस्तो देखियो। राष्ट्रपतिमा त्योभन्दा माथिको राष्ट्रिय सहमतिमा लैजाऔँ भन्ने अपेक्षाअनुसार छलफल भइरहेको छ ।’

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस