मेट्रो कलेजमा हामी सुन्छौ, हामी गर्छौ अभियान

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजले विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि हामी सुन्छौ, हामी गर्छाै अभियान सञ्चालन गरेको छ । कलेजको बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई समसामयिक विभिन्न विषयहरुमा प्रशिक्षण दिइएको थियो । जीवनमा सफलता प्राप्त गर्नका लागि विद्यार्थीहरु अविचलित भएर गन्तव्यमा अगाडी बढ्नुपर्न वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख टिकाराम खड्काले युवाहरुलाई उत्पादनशिल काममा लगाउन आवश्यक भएको भन्दै उपमहानगरपालिकाले युवा लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए । ‘केही गर्छाै भन्ने युवाहरुलाई यही केही काम गर्ने वातावरण वनाउनेछौ’ नगरप्रमुख खड्काले भने । उनले तुलसीपुर मेट्रो कलेजलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने मुख्य कलेजकारुपमा स्थापित गरिने पनि बताए ।

सो अवसरमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै पूर्व नगरप्रमुख घनश्याम पाण्डेले मनलाई सही ढँगले नियन्त्रण गर्न नसक्दा धेरै युवाहरु विचलित हुँदै गएको बताए । ‘हामीले आफुलाई मनोरञ्जनमुखी मात्रै बनायौ भने भविष्यमा केही पनि गर्न सक्दैनौ, समाजलाई चिनेर बुझेर अगाडी वढ्नुपर्दछ’ उनले भने । युवामा भएको शक्तिलाई सृजनशिल काममा लगाउन सकिए युवा र देशको भविष्य उज्यालो हुने उनको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रहरी प्रदेश कार्यालयका प्रमुख डिआइजी टेकप्रसाद राईले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले अपराध बढ्दै गएको भन्दै सामाजिक सञ्जाल चलाउदा संयमित भएर चलाउनुपर्ने उनको भनाई थियो । ‘महिला हिंसाका घटनाका बारेमा महिलाहरु आफै सजग हुनुपर्दछ, कसले सही या गलत नियतले व्यवहार गरेको छ भन्ने बारेमा विचार पु¥याउनु पर्दछ’ डिआइजी राईले भने ।

सो अवसरमा प्राध्यापक डा. सञ्जिव हुमागाईले युवाहरुको राजनीतिमा सृजनात्मक सहभागिता हुनुपर्नेमा जोड दिए । ‘देश बनेन भनेर हामी चिन्ता मात्रै गर्ने होईन कसरी बनाउने भनेर सृजनात्मक हुने पनि हो ’ डा. हुमागाईले बताए ।

नेपाल पत्रकार महासंघ दाङ्गका अध्यक्ष दुर्गालाल केसीले सामाजिक सञ्जालबाट कसरी भ्रामक सूचना सम्प्रेषण भइरहेका छन् भन्ने बारेमा जानकारी गराएका थिए । ‘तथ्यताको परीक्षण नगरेर सामाजिक सञ्जालमा आएको भरमा पोष्टहरु शेयर गर्ने प्रवृत्ति युवाहरुमा बढिरहेको छ, यसले समाजलाई गलत दिशातर्फ मोडिरहेको छ ’ अध्यक्ष केसीले भने । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले मेहनत र लगनशिलताले सफलता प्राप्त हुने कुरामा जोड दिइन् ।

सो अवसरमा कलेज प्रमुख वसन्त आचार्यले कार्यक्रमको विषयका बारेमा प्रकाश पारेका थिए । पारस वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण देविसरा वलीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस