राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौँदी विजयी

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कुमार दसौँदी विजयी भएका छन् ।

उनले खसेको कुल मतभार ७ हजार ९ सय मत मध्य ४ हजार २६ मतभार प्राप्त गरि विजयी भएका हुन् । उनले प्रदेशतर्फ २ हजार ६४ र स्थानीय तहतर्फ १ हजार ९६२ गरि ४ हजार २६ मतभार प्राप्त गरि विजयी भएका हुन् । यस्तै नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेको माधवप्रसाद आचार्यले ३ हजार ७२० मत प्राप्त गरेका थिए ।

उनले प्रदेशतर्फ १ हजार ७७६ र स्थानीय तहतर्फ १ हजार ९४४ जम्मा ३ हजार ७२० मत प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गरेका थिए । यस्तै प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो ।

निर्वाचनमा प्रदेशसभा तर्फ ८७ जना र स्थानीय तहका प्रमुख / उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए, भने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख गरि ३०५ जना मतदाता रहेको थिए । एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि बुधबार उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस