गुरुकुलको ८औ बार्षिक उत्सव सम्पन्न , गुणस्तरीय शिक्षा प्रदान गरेकोमा उपकुलपति लामिछानेद्धारा खुसि ब्यक्त

दाङ । गुरुकुल एकेडेमि घोराहिले ८औँ बार्षिक उत्सव मनाएको छ । घोराहि १५ रतनपुरमा रहेको बिद्यालयले ८औ बार्षिक उत्सव आज एक भब्य समारोहका बिच मनाएको हो । बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको हो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बिकास लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै उपकुलपति लामिछानेले बिद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै बिद्यालयको प्रशंसा गर्नुभयो । निजि बिद्यालयमा देशमै सफल मध्येको एक र दाङकै पहिलो नमुना बिद्यालयको रुपमा स्थापित हुन सफल हुनु घोराहिबासीका लागि गौरवको कुरा रहेको बताउनुभयो । उहाँले बिद्यार्थीलाई बिभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै बिद्यालय आउदा दिनमा अझ नमुना बन्नुपर्ने बताउनुभयो । त्यसका लागि सबै पक्षको साथ र सहयोग उत्तिकै आबश्यक रहेको उहाँको भनाई छ । बिद्यालयले प्रदान गर्दै आएको अतिरीक्त कृयाकलापले गर्दा बिद्याथिहरुले बिभिन्न नँया तथा प्रयोगात्मक शिक्षा हासिल गरेकोमा लामिछानेले बिद्यालय प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका निर्देशक अरुण रौनियार , निर्देशक रामचन्द्र कंडेल , पुर्व क्याम्पस प्रमुख तथा शिक्षा प्रेमि नाराएण सिँह गुरुङ ,बिद्यालयका प्लस २ संयोजक निमानन्द गैरे लगाएतले बोल्नु भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयले छोटो समयमै शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै यसलाई बचाई राख्न आग्रह गरेका थिए । विद्यालयले संस्कार र संस्कृतिसहितको गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यानदिनुपर्ने बताएका थिए ।
साथै विद्यालयको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा विद्यालय प्राप्त गरेको सफलतालाई बचाई राख्न आग्रह गरेका थिए । बार्षिक उत्सवको अवशरमा बिद्यालयमा बिभिन्न शैक्षिक प्रदशर्निका स्टलहरु राखिएको थियो । यस्तै बिद्यार्थिहरुले आफै बनाएको नेवारी खानाको स्टल , चौधरी समुदायको घरेलु सामग्रि , बिभिन्न बैज्ञानिक बस्तुहरु निर्माण गरी प्रदशर्नि स्थलमा राखिएको थियो । कार्यक्रममा बिद्यार्थिहरुले बिभिन्न पौराणिक नृत्य तथा गित , नाटक,परेटलगायत विभिन्न विज्ञान प्रर्दशनीप्रस्तुत गरेका थिए भने बैज्ञानिक प्रयोगात्मक कृयाकलाप पनि प्रस्तुत गरेका थिए ।
प्रत्येक बर्ष बिभिन्न बिधामा उत्कृष्ट कार्य गरेको ब्याक्तिहरुलाई सम्मान गर्दै आएको गुरुकुल एकेडेमिले यस बर्ष पनि बिभिन्न क्षेत्रमा योगदान पु¥यायका ५ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नँया युगबोध राष्ट्रिय दैनिकको सम्पादक लक्ष्मि आचार्य , महिला अधिकारकर्मि बिमला योगि , पुर्व क्याम्पस प्रमुख नाराएणसिँह गुरुङ , शिक्षा मन्त्रालयका पुर्व सह सचिव तथा हाल राप्ति ववई क्याम्पसका अध्यक्ष बिष्णु कुमार देवकोटा र मानव सेवा आश्रम संचालिका सुस्मिता चौलागाई रहनुभएको छ । साथै बिद्यालयले उत्कृष्ट शिक्षकहरुलाई पनि सम्मान गरेको छ ।

सम्मानित हुने शिक्षकहरुमा बिद्यालयका संयोजक महेन्द्र पौडेल ,उत्कृष्ट शिक्षकको रुपमा शिक्षक विबेक देवकोटा , इन्द्र प्रसाद पोख्रेल र डिल्लिराज शर्मा रहनुभएको छ । बिद्यालयले बार्षिक उत्सवको अवशरमा गुरुकुल माला नामक पुस्तक पनि बिमोचन गरेको छ । कार्यक्रममा उपस्थित प्रमुख अतिथि , अतिथि तथा बिद्यालयका अध्यक्ष ई.अनन्त राज घिमिरे लगायतले बिमोचन गर्नुभएको हो ।
सो अवशरमा गुरुकुलका बिद्यार्थिहरुले नयाँ परीवेश नामक वेव साइट पनि सार्वजनिक गरेका छन । प्रोजेक्ट नियन्त्रक शिक्षक सुप्रिम शर्माको नेतृक्त्वमा ६ जना बिद्यार्थिहरु सुजन भन्डारी माधव पौडेल ,सागर बेल्बासे ,सागर बस्नेत ,प्रजोल घिमिरे र सवल पौडेलले सो वेवसाइट निर्माण गरेका हुन । वेवसाइटमा बिभिन्न समाचार मुलक कार्यक्रम बिद्यालयका गतिबिधि लगायतका सामग्रिहरु राखिने शिक्षक शर्माले बताउनुभयो ।

बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकको सहजिकरण बिद्यालयका बिद्यार्थिहरु श्रृजन गैरे, दिनेस केसि , प्रतिक्षा केसि र रोशन शर्माले गरेका थिए भने विद्यालयका प्रधानाध्यापक डा कृष्णराज डिसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बिस २०७० सालमा स्थापना भएको बिद्यालयले अन्य बिषय सहित बिभिन्न प्राबिधिक धारको पढाईलाई जोड दिदै आएको छ । ८औ बार्षिक उत्सव मनाइरहदा बिद्यालयले आगामि बर्षमा अन्य संकायका पढाईहरु पनि संचालन गर्ने तयारी गरेको छ ।