बार्षिक उत्सवको अवसरमा रक्तदानका कार्यक्रम सम्पन्न

दाङ ।।
गुरुकुल एकेडेमिले बार्षिक उत्सवको अवसरमा आज एक कार्यक्रमका बिच रत्तदान गरेको हो । बिरामिहरु रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गमाउन नपरोस भनि बिद्यालयको आठौ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरीएको हो । बिद्यालयका शिक्षक , बिद्यार्थि र अभिभावक गरी जम्मा १६ जनाले रक्तदान गरेका हुन । रक्तदान गर्नेहरुमा बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरी सहित शिक्षकहरु बिष्णु वली , लोचना पौडेल , सम्झना शर्मा , शुसिला पुन , समृद्धि गुरुङ, महेन्द्र पौडेल , डम्बर रावत , आशा चौधरी रहनुभएको थियो ।

यसै गरी समिर देवकोटा , अनिल गिरी , अनुप श्रि , चन्द्र राज उप्रेति ,रीता आचार्य , रीतेस निरौला रहनुभएको थियो । रक्तदान कार्यक्रम बिद्यालयका प्रधानाध्यापक डां कृष्णराज डिसि , सहायक प्रधानाध्यापक , मुकुन्द गिरी , लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण बिद्यालयका प्लस टु संयोजक निमानन्द गैरेले गर्नुभएको थियो । अहिले पनि दाङका बिभिन्न रक्त संचार केन्द्रमा रगतको अभाव हुदै गएको छ ।