रोटरी क्लव स्तरीय रोटा क्विज सम्पन्न

तुलसीपुर । रोटरी क्लव अफ तुलसीपुर सिटीले अन्तर रोटरी क्लव स्तरीय रोटा क्विज सम्पन्न गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गत जोन २५ र २६ मा आवद्ध क्लवहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । क्लवमा आवद्ध सदस्यहरुलाई रोटरी सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष यज्ञबहादुर केसीले जानकारी दिए । विभिन्न ४ वटा क्लवका विचमा भएको प्रतियोगितामा रोटरी क्लव अफ दाङ प्रथम भएको छ । साथै सो प्रतियोगितामा रोटरी क्लव अफ तुलसीपुर सिटी द्धितिय र रोटरी क्लव अफ धनगढी तेश्रो भएका थियो भने रोटरी क्लव अफ लमहीले सान्त्वना प्राप्त गरेको थियो ।

कार्यक्रममा बोल्दै रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ जोन २६ का असिस्टेन्ट गभर्नर तुफानबाबु श्रेष्ठले रोटा क्विज रोटरीको ज्ञान अभिवृद्धि गर्नका लागि महत्वपूर्ण भएको भन्दै विशिष्ट कार्यक्रम सञ्चालन गरेर तुलसीपुर सिटीले अरुका लागि पनि उदाहरणीय कार्य गरेको बताए । कार्यक्रममा रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ रिजन ५ का रोटा क्विज संयोजक गौतम भुषालले विभिन्न पेशा व्यवसायमा नेतृत्व गरेका युवाहरुलाई रोटरीले आकर्षित गरेको भन्दै यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्विज मास्टर मिलन भण्डारीले रोटरीको वास्तविक ज्ञान सबै रोटरियनले जान्नुपर्ने वताउँदै भव्य रुपमा कार्यक्रम सम्पन्न गरेकोमा आयोजक क्लव तुलसीपुर सिटीलाई धन्यवाद समेत दिएका थिए । कार्यक्रममा रोटरी क्लव अफ धनगढीका अध्यक्ष ठेकेन्द्रराज जोशी, रोटरी क्लव अफ दाङका पुर्व अध्यक्ष चेतनारायण पाण्डे र रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले रोटा क्विज भव्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष यज्ञ बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पुर्व अध्यक्ष विजय केसीले स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरु लगायत रोटा क्विजमा भाग लिन आएका सहभागि सम्पूर्ण रोटरियनहरुलाई क्लवका पुर्व अध्यक्ष विमल रिजालले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण क्लवका सचिव मनोज बस्नेतले गरेका थिए । रोटरी क्लव अफ तुलसीपुर सिटीले निरन्तर रुपमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस