अमर माध्यमिक विद्यालय लुम्बिनी प्रदेशमा उत्कृष्ट

दाङ । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयले लुम्बिनी प्रदेशमा उत्कृष्ट नतिजा ल्याएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले आज प्रकाशित गरेको डिप्लोमा तह कृषि पशु विज्ञान प्रथम वर्षको नतिजामा प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको हो । प्रदेशका १४ शिक्षालय मध्ये सत प्रतिशत नतिजा ल्याई उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक पदमबहादुर वलीले जानकारी दिए ।

परीक्षामा सहभागी भएका २७ जना विद्यार्थी उत्तिर्ण भएको उनले जानकारी दिएका छन । यसअघि तेस्रो वर्षको नतिजामा पनि विद्यालयले सतप्रतिशत नतिजा निकालेको थियो ।

२०७६ देखि सञ्चालनमा आएको पशु विज्ञान कार्यक्रमको पहिलो ब्याच अन्तर्गत २४ जनाले नै डिप्लोमा तह पास गरिसकेको कार्यक्रम संयोजक डा. छविकिरण अधिकारीले बताए ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस