रमना पाठशालाको पहिलो अधिवेशन सम्पन्न ,अधिवेशनद्धारा नँया नेतृक्त्व चएन
दाङ
रमना पाठशालाको पहिलोअधिवेशन आज सम्पन्न भएको छ । घोराहि १२ रमना स्थित रमना पाठशालाको आज एक कार्यक्रमको बिच पहिलो अधिवेशन सम्पन्न गरीएको हो । बिगत २०७६ साल बाट संचालनमा आएको बिद्यालयएको पहिलो अधिवेशन आज एक कार्यक्रमको बिच गरीएको हो । अधिवेशनले नँया नेतृक्त्व चएन गरेको छ । पाठशालाको अध्यक्षमा बल बहादुर बुढा चएन हुनुभएको छ भने प्रधानाध्यापकमा बिष्णु हमाल , जनसम्पर्क अधिकारीमा निराजन भन्डारी ,शैक्षिक निर्देशकमा कृष्णदेव थापा ,स्वास्थ्य बिभाग प्रमुखमा टिकाराम खड्का , स्वास्थ्य संयोजकमा सपना बुढा चएन हुनुभएको छ भने आर्थिक बिभाग प्रमुखमा गोपि थापा चएन हुनुभएको छ ।
कार्यक्रमले नँया नेतृक्त्वलाई पदस्थापन समेत गरेको छ । कार्यक्रममा उपस्थित अतिथिहरुले नव निर्वाचित नेतृक्त्वलाई बधाई दिदै बिद्यालयलाई अझै उचाइमा पु¥याउनु पर्नेमा आशाबादि भएको बताएका थिए । बिद्यालयका सेयर सदस्य श्रीधर कुमार राजभन्डारीले बिगतमा बिद्यालयले संचालन गरेको शैक्षिक कृयाकलापको बारेमा जानकारी गराउदै भबिष्यमा यस बिद्यालयले शिक्षा क्षेत्रमा नँया आयामका साथ काम गर्नुपर्ने बताउदै शुभकामना मन्तब्य राख्नुभएको थियो । डिस्कभरी लर्निङ फर चेन्जिङ वल्र्ड भन्ने मुला नाराको साथमा संचालनमा आएको उक्त पाठशालाले शिक्षा जगतमा राम्रो छाप छाप छोड्न सफल भएको छ ।
अनुभवि तथा दक्ष शिक्षक हरुबाट पठनपाठन गराइने बिद्यालयले शहरी क्षेत्र मात्र नभएर ग्रामिन भेगका बिद्यार्थिहरुलाई पनि समेटेर पठन पाठन गराउदै आएको छ । बिद्यालयएका निवर्तमान अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा तथा शिक्षक मोहित मगरको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण बिद्यालएका शैक्षिक निर्देशक कृष्णदेव थापाले गर्नुभएको थियो


