नेकपा एमालेको घरदैलो कार्यक्रम तिव्र

दाङ ।। नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्र पारेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकीदै गर्दा उम्मेदवारहरूले जनताको घरघरमा पुगेर आफ्नो पक्षमा मत माग्दै हिँडेका छन् । दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोख्रेल र प्रदेश सभा सदस्यमका उम्मेद्धार लगायत अन्य नेता कार्यकर्ताले जनताको घरघरमा पुगेर सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन । साथै नेकपा एमालेकि केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्धार नेतृ साजिदा सिद्धिकिले पनि नेकपा एमाले लाई सुर्य चिन्हमा मत मागेकि हुन । मतमाग्दै घरदैलोमा अन्य नेता सहित पुगेकि नेतृ सिद्धिकिलाई जनताले फूलमाला र टिकाले भव्य स्वागत गर्दै विजयको अग्रिम शुभकामना दिएका छन् ।

नेकपा एमाले घोराहि १५ का वडा इन्चार्ज दोर्ण पाण्डेको नेतृक्त्व र केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्धार साजिदा सिद्धिकिको बिशेष उपस्थितिमा घोराहि उपमहानगरपालीका वडा नं १४ र १५ मा पुगेर जनतासँग भोट मागेको हो । भोट माग्ने क्रममा कतिपय स्थानमा जनताले नेताहरू पछिल्लो समय ढाँट बन्दै गएको बताउँदै जनताको समस्या र पीडालाई बुझ्न सक्ने व्यक्ति मात्र लोकप्रिय बन्न सक्ने बताएका थिए र त्यो क्षेमता नेकपा एमालेमा मात्र भएको तर्क गर्दै नेकपा एमालेका महासचिव शंकर पोख्रेल र प्रदेश सभा सदस्य बलिभद्र राणालाई सुर्य चिन्हमा मत दिने प्रतिबद्धता जाहेर गरेका छन । कतिपय नेताहरू जितेर गएपछि चुनाव नआउँदासम्म फर्केर नआउने गरेको गुनासो गर्दै उनीहरूले विकास लिएर गाउँगाउँमा, जनताको घरघरमा आउने नेता सधै स्मरण योग्य हुने बताएका थिए ।

नेकपा एमाले नेतृक्त्वको सरकार रहदा लुम्बिनि प्रदेशको स्थायि राजधानि दाङ तोकेको र त्यसको लागि केहि भौतिक संरचना समेत निर्माण गरीसकेको बताउदै दंगालि जनताले न्याय पाएको समेत घोराहिका मतदाताले बताएका थिय । साथै घरदैलो कार्यक्रममा उपस्थित भएको नेकपा एमालेकि केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्धार साजिदा सिद्धिकिलाई समेत लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेको र गरीव दुखि तथा बिपन्न परीवारको हकहितका लागि काम गरेको भन्दै राजनितिमा आएकोमा धन्यबाद दिदै जितको शुभकामना समेत ब्यक्त गरेका थिय । घरदैलो कार्यक्रम नेकपा एमाले घोराहि उपमहानगर पालीका वडा नं १५ का इन्चार्ज दोर्ण पाण्डेको नेतृक्त्व तथा केन्द्रिय सदस्य समानुपातिक उम्मेद्धार साजिदा सिद्धिकि , केन्द्रिय सदस्य तथा दाङ सह–इन्चार्ज सिता सिग्देल न्यौपाने , नगर इन्चार्ज गेहेन्द्र बस्नेत , वडा नं १५ कि सह इन्चार्ज रेखा वली लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा भएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस