नेतृ सिद्धिकिद्धारा नेकपा एमालेलाई जिताउन अपिल

दाङ । नेकपा एमालेको जिल्ला अनुगमन समितिद्धारा आजबाट जिल्लामा अनुगमन सुरु गरेको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्धार साजिदा सिद्धिकिको नेतृक्त्वमा अनुगमन सुरु गरीएको हो । अनुगमनको क्रममा आज दाङ क्षेत्र नं २ स्थित तुलसिपुर उपमहानगरपालिका वडा नं १६, १७, १८ र १९ गरी ४ वटा वडामा आयोजना भएको बिभिन्न सभा ,सम्पर्क कार्यालय तथा बिभिन्न टोलमा अनुगमन गरीएको हो ।

तुलसिपुर उपमहानगरपालीका बाँसगडि , साहिपुर , लालपुर, बिजौरी दुधरास लगाएतका ठाँउमा निरीक्षण गरीएको हो । अनुगमन टोलीमा नेकपा एमालेकि केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्धार साजिदा सिद्धिकि, नेकपा एमाले प्रदेश सदस्य लक्ष्मण आचार्य , बुद्धिजिवि परीषद सदस्य पदम प्रसाद शर्मा र भोजराज भन्डारी , नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य सदस्य छविलाल वली र लुम्बिनि प्रदेश प्रचार बिभाग सदस्य सरिता सुबेदि रहेका थिय ।

निर्वाचन लक्षित कार्यक्रमहरु कसरी भैरहेका छन भन्दै आफ्ना उम्मेद्धारहरुलाई निष्पक्ष भयरहित रुपमा बिजय बनाउने गरीने कार्यक्रमहरुको अनुगमन गरेको थियो भने बिभिन्न वडाका पार्टि सम्पर्क कार्यालयहरु निरीक्षण गर्दै त्यँहाको अबस्थाको बारेमा पनि जानकारी लिएको थियो । साथै निर्वाचन नजिकिदै गर्दा प्रचार प्रसार गर्ने दिन थोरै भएको कारणले लक्षित कार्यक्रमहरु तिव्र रुपमा इमान्दार तथा कर्तव्यनिष्ठ भएर गर्न पनि अनुगमन टोलिले निर्देशन दिएको छ ।

अनुगमनका क्रममा तुलसिपुर उपमहानगरपालीका वडा नं १९ बासगढीमा आयोजना गरीएको सभालाई संवोधन गर्दै केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्धार साजिदा सिद्धिकिले नेकपा एमालेका उम्मेद्धारहरुलाई अत्यधिक बहुमतले बिजयि बनाउन अपिल गरेकि छिन । नम्र शैलिमा घुमाउरो पाराले भाषण गर्दै नेतृ सिद्धिकिले अन्य दलको मत पनि आफुले तान्न सकिने भन्दै उपस्थित सबैलाई सुर्यमा मतदान गर्न अनुरोध समेत गरेकि हुन ।

उनले अन्य दल तथा पार्टिले गर्न नसकेको जनताका आधारभुत आबश्यकता नेकपा एमालेले मात्र पुरा गर्न सक्ने बताइन । सो अवसरमा दाङ क्षेत्र नं २ ख का प्रदेश सभा सदस्य उम्मेद्धार गिरीराज केसिले आफुलाई मतदान गर्न आग्रह गरेका छन ।

नेकपा एमालेको सरकार रहदा जिल्लामा बिकासको गतिले धेरै फड्को मारेको भन्दै यो निर्वाचनमा पनि नेकपा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने बताएका हुन । जनताको मन मनमा एमाले रहेको हुदा आफुले चुनाव जित्ने बिश्वास पनि उम्मेद्धार गिरीले लिएका छन । उनले परमआदेशको सरकारले केहि पनि गर्न नसकेको हुदा यो निर्वाचन पश्चात नेकपा एमाले पहिलो शक्ति भएर नेपालि जनताको हकहितका लागि काम गर्ने बताएको थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस