बदर मत घटाउन प्रधानाध्यापकलाई मतदाता शिक्षा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले बदर मत घटाउनका लागि पालिकाभित्र रहेका प्रधानाध्यापकहरुलाई मतदाता शिक्षा दिएको छ । निर्वाचन आयोगले प्रत्येक पालिकाहरुलाई महिला स्वयम सेविकामार्फत मतदाता शिक्षा प्रत्येक वडामा सञ्चालनका लागि कार्यविधि नै पालिकाहरुमा पठाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले पालिकाभित्र रहेको ८७ वटा सामुदायिक र ६७ वटा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई मतदाता शिक्षा दिइएको बताए । उनले अन्यपालिकामा महिला स्वयमसेविकाहरु मार्फत मतदाता शिक्षा गाउँ गाउँमा पु¥याए पनि तुलसीपुर उपमहानगरपालिकाले थप प्रभावकारी बनाउनका लागि स्वयम सेविकाका साथै विद्यालयका प्रधानाध्यापकहरुमार्फत मतदाता शिक्षा दिइएको बताए ।

उनले जेष्ठनागरिक, निरक्षरहरुका लागि मतपत्र पट्याउने, स्वस्तिक छापको प्रयोग, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरजस्ता सामान्य लाग्ने विषयबाटै मत बदरको संख्या बढ्दो क्रममा रहेकाले त्यस्तो कार्यलाई घटाउनका लागि मतदाता शिक्षा दिइएको बताए ।

माध्यमिक विद्यालय भित्री सक्रामका प्रधानाध्यापक सूर्यबहादुर बस्नेतले मतदाता शिक्षा कार्यक्रमपछि विद्यालय, गाउँगाउँमा पुगेर प्रशिक्षणका लागि सहज भएको बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले मतदाताले मतदान गरेपनि सामान्य कुरामा जानकारी लिन नसक्दा मत बदरको संख्या बढेकाले विद्यालयका प्रधानाध्यापकहरुमार्फत शिक्षा दिदा थप प्रभावकारी हुने अपेक्षा राखिएको बताए ।

उनले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयनका लागि निर्वाचन आयोगले बजेट व्यवस्थापन नगरेपनि पालिकाबाटै बजेट व्यवस्थापन गरेर वडा वडामा महिला स्वयम सेविका पठाइएको बताए । उनले विद्यालयका प्रधानाध्यापकहरुलाई मतदान कार्यमा समेत खटाउने भएकाले हस्ताक्षर, स्वस्तिक छापजस्ता कुरामा ख्याल गर्न समेत आग्रह गरे । जिल्लामा अन्य पालिकाहरुले महिला स्वयम सेविकाहरुमार्फत मतदाता शिक्षा गाउँगाउँमा पु¥याएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस