माछा पोखरीमा डुब्दा तुलसीपुरमा एक पुरुषको मृत्यु

दाङ। दाङमा माछा पोखरीमा डुबेर एक ब्यक्तीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रवार विहान माछा पोखरीमा डुबेर तुलसीपुर उपमहानगरपालिका वडा नं.१७ निवासी ३५ बर्षीय कलम चौधरीको मृत्यु भएको हो ।

उनले आफ्नै माछा पोखरीबाट माछा निकाल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस