अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरी सधैँ जनताको सेवामा काम गरिरहेको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भइसकेको हुँदा अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताए ।
सोमबार बुटवलमा ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपाल प्रहरीले नागरिकको सुरक्षामा कर्तव्यनिष्ट भइ अगाडि बढ्नका अनुरोध गरे । उनले जनताको सेवा र अपराध अनुसन्धानमा लागेर नेपाल र लुम्बिनी प्रदेशमा शान्ति कायम गर्नका लागि अनुरोध गरे ।
उनले नेपालमा प्रहरी सङ्गठनले जसरी आफ्नो नाम उच्च बनाएको छ, त्यसरी नै आगामी दिनमा पनि आफ्नो संगठनको पहिचान र उचाइलाई थप विकास गर्नका लागि सबैले जिम्मेवार भएर लाग्नका लागि अनुरोध गरे। उनले अबको सङ्घात्मक अवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशलाई शान्ति अमनचयन कायम गरिने बताउँदै त्यसका लागि ऐन पास भएकोले अब सरकारले कार्यरूप मात्रै प्रदान गरिने बताए । उनले नेपाल प्रहरीलेले विगतको आमूल परिवर्तनमा आफ्नो अमूल्य प्राण आहुति दिएको बताउँदै ती नै अमर प्रहरीप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे ।
साथै उनले अझै जनताको सेवामा खटिरहेका नेपाल प्रहरीको संस्था दत्त चित्त भएर लाग्नका लागि अनुरोध गरे । उनले आपत विपदमा पनि नेपाली जनताको साथमा रहेकोले गर्दा सधैँ प्रहरीलाई जनताले सम्झिने पनि बताए । कार्यक्रम लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलक राम शर्माले नेपाल प्रहरीले सधैँ जनताको सेवामा लाग्न अपिल गर्दै नेपाल प्रहरी जनताको सहाराको रुपमा हुनु पर्ने बताए ।
उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आई सकेकोले गर्दा त्यसलाई कार्य रूपमा दिनका लागि सरकार लागि परेको बताए। कार्यक्रममा लुम्बिनी प्रहरीका प्रमुख नलप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो । प्रहरी प्रमुख अधिकारीले सबैलाई सेवामा निश्वार्थ भावले लाग्नका लागि निर्देशन दिए ।