गंगा चौधरीको उम्मेदवारी ‘हाम्रो नेपाली पार्टी’बाट
दाङ । टिकट वितरणमा असन्तुष्ट रहेकी नेकपा एमाले केन्द्रीय सदस्य गंगा चौधरी (सत्गौवा)ले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेको खुलेको छ ।
उनले स्वतन्त्र उम्मेदवार दिएको बताए पनि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीमा उनको उम्मेदवारी हाम्रो नेपाली पार्टीबाट परेको देखिएको हो ।
यस्तै सोही पार्टीबाट निर्वाचन क्षेत्र १ (ख) मा गंगाबहादुर बिष्टको उम्मेदवारी परेको छ । बिष्टले माओवादी परित्याग गरेको विज्ञप्ति जारी गरेका थिए ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

