महासचिव पोखरेलद्वारा दाङ क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

घोराही । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरेल उम्मेदवारी दर्ताका लागि ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट दाङ क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्यमा विजयी भएका पोखरेल यस पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट क्षेत्र नं. २ (१) मा बलिभद्र राना र २ (२) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यसैगरी क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा संविधानसभा सदस्य राजु खनाल र क्षेत्र नं. २ (२) मा कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस