सल्यानमा सर्पको टोकाईबाट बालिकाको मृत्यु

सल्यान । सल्यानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी शृष्टी बिकको मृत्यु भएको हो।

आफ्नै घरनजिकै आँगनमा आमासँगै हिँडिरहेको अवस्थामा बालिकालाई मंगलबार साँझ करिब ६ बजे सर्पले टोकेको थियो। सामान्य घरेलु उपचारकै क्रममा मृत्यु भएको उनको आमाले जानकारी दिइन्।

चालू आवमा मात्र सल्यानमा सर्पको टोकाईबाट २ जनाको मृत्यु भइसकेको छ। सर्पदंशको उपचारनजिकै नहुँदा अकालमै सर्पको टोकाइबाट ज्यान गुमाउनु परिरहेको छ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस