एमाले दाङद्वारा प्रत्यक्षमा २४ र समानुपातिकमा ५४ जनाको नाम सिफारिस

दाङ ।  नेकपा एमाले दाङले आउँदो मंसिर ४ गते हुन लागि रहेको संघ र प्रदेशको निर्वाचनका लागि प्रत्यक्षमा २४ र समानुपातिकमा सङ्घमा २४ जना र प्रदेशमा ३० जना गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
प्रत्यक्ष तर्फ दाङ क्षेत्र नम्बर २ संघीय निर्वाचनका लागि पार्टी महासचिव शंकर पोख्रेलको नाम एकल सिफारिस गरिएको छ ।

यसैगरी दाङ क्षेत्र नम्बर २ क प्रदेशमा पनि प्रदेश निर्वाचनका लागि नेता बलिभद्र रानाको नाम एकल सिफारिस गरिएको छ । यस बाहेक क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ एमाले नेतृ शान्ता चौधरी, गङ्गा थारू र रेवती रमण शर्माको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर १ क, तर्फ प्रदेश निर्वाचनका लागि गंगाराम भट्टराई, मोहनप्रसाद पाण्डे र खिमबहादुर केसी, १ को ख मा कुलबहादुर केसी, रतन केसी र सरस्वती गौतमको नाम सिफारिस गरिएको छ । यसैगरी क्षेत्र नम्बर २ को ख मा लक्ष्मण आचार्य, गिरिराज केसी र तुलसा केसीको नाम सिफारिस गरिएको छ ।

यसैगरी क्षेत्र नम्बर ३ को संघीय निर्वाचनका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेताहरू घनश्याम पाण्डेय र कोमल वलीको नाम सिफारिस गरिएको नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले जानकारी दिए ।  क्षेत्र नम्बर ३ को क मा प्रदेश सभाका लागि कृष्ण भुसाल, तुलसा पोख्रेल, बिनोद शर्मा र नवराज लामिछाने, ख मा हुकुम बहादुर बस्नेत, मेघराज भुसाल र धमकली चौधरीको नाम सिफारिस गरिएको छ ।

५४ जनाको समानुपातिक सिफारिस

यसैबीच नेकपा एमाले दाङले समानुपातिक तर्फ सङ्घमा २४ जनाको नाम सिफारिस गरेको छ । प्रदेशमा ३० जनाको नाम सिफारिस गरिएको एमाले सचिव मनोहर बुढाथोकीले जानकारी दिए । एमाले दाङले सङ्घमा खस आर्य पुरुष तर्फ नेत्रमणि लामिछाने, टोपेन्द्र बहादुर खत्री, हेमराज बन्जाडे, खसआर्य महिला तर्फ मेनका पोख्रेल, सिता सिग्देल न्यौपाने, माया शर्मा आचार्य, रेखा शर्मा, एञ्जिला थापा, जनजाति पुरुष तर्फ रामजी चौधरी, सविन प्रियासन, कालीबहादुर घर्ती मगर, धुर्वराज श्रेष्ठ भारी, सुन्दर चौधरी, जनजाति महिला तर्फ हिरादेवी पुन, आश्मा चौधरी, दलित पुरुष तर्फ जितेन्द्र मान नेपाली, पदमबहादुर नेपाली, दलित महिला तर्फ निर्मला बिक, लिला बिक, मधेशी पुरुष तर्फ रामदयाल गुप्ता, सहजराम अहिर, मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्धिकी, पुरुष मुस्मितर्फ अव्जरर अलि मियाको नाम सिफारिस गरिएको छ ।   

यसैगरी प्रदेशमा खसआर्य तर्फ शम्भु गौतम, नारायण भुसाल, जगतप्रसाद पोख्रेल, डिल्लीबहादुर खड्का, भेषराज खत्री, खसआर्य महिला तर्फ मदा न्यौपाने, ऊषा खरेल अधिकारी, शारदा शाह, सिमा न्यौपाने, जनजाति पुरुष तर्फ विवेक श्रेष्ठ, मोहन बूढा, भागिराम चौधरी, खगेश्वर घर्ती, बिर बहादुर चौधरी, बुद्धिप्रकाश चौधरी, धुपनारायण चौधरी, विकास चौधरी, साधुराम चौधरी, जनजाति महिला तर्फ सीता चौधरी, यमुना घर्ती मगर, सरिता चौधरी, दलित पुरुषतर्फ चूर्ण बहादुर नेपाली, गोविन्द बिक, दलित महिला तर्फ युवा सुनार, लिला बिक, मधेशी पुरुष तर्फ माधवप्रसाद गुप्ता, आरके पाण्डेय र रामवरण वैश्य, मुस्लिम पुरुष तर्फ अब्दुल अजित मिया र मुस्लिम महिला तर्फ नसिब अहमद मनियार सिफारिस गरिएको एमाले प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस