दाङमा नेकपा एसले उम्मेदवारको टुङ्गो लगायो

दाङ ।  नेकपा एकीकृत समाजवादी दाङले संघ र प्रदेश उम्मेदवारहरूको टुङ्गो लगाएको छ । समाजवादीले तीनवटै निर्वाचन क्षेत्रबाट संघीय र प्रदेश सभा सदस्यका उम्मेदवारहरूको नाम छनोट गरी सिफारिस गरेको हो ।  दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको निर्वाचनको लागि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रिय परिषद् सदस्य प्रेम बक्स मियाँ र तारा देवकोटालाई सिफारिस गरेको समाजवादी दाङका उपाध्यक्ष चुर्णब हादुर वलीले जानकारी दिए । 

दाङ क्षेत्र नं. ३ प्रदेश ( क )  बाट जोग बहादुर राणा, डिल्ली डाँगी र अनारकली मियाँ त्यसैगरी दाङ क्षेत्र नं. ३ प्रदेश ( ख )  बाट दाङ जिल्ला उपाध्यक्ष चुर्ण बहादुर वली, केन्द्रिय सदस्य शारदा स्वर्णकार र केन्द्रिय परिषद् सदस्य लिलाधर डाँगीको नाम सिफारिस गरिएको छ । त्यस्तै दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको निर्वाचनको लागी पार्टीका केन्द्रिय सचिव भागवत विश्वासी, चित्रा मल्ल र गोविन्द शेर्पाईलीको नाम सिफारिस गरिएको छ ।

दाङ क्षेत्र नं. २ प्रदेश ( क )  बाट जिल्ला पार्टी अध्यक्ष सुरामणि बेल्बासे, ससमति चौधरी र रामप्रसाद चौधरी त्यसैगरी दाङ क्षेत्र नं. २ प्रदेश ( ख ) बाट सोभा शाह, देउमन दमाइ र गजेन्द्र खड्काको नाम सिफारिस गरिएको छ । दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनको लागी शहरी विकास मन्त्री मेटमणि चौधरी, तिलक केसी र मिना गुरुङको नाम सिफारिस गरिएको छ ।

दाङ क्षेत्र नं. १ प्रदेश ( क ) बाट राम प्रसाद गैरे, मुकुन्द रोकाय त्यसैगरी दाङ क्षेत्र नं. १ प्रदेश ( ख )  बाट थानेश्वर गैरे, शिल्पा चौधरी र बिर बहादुर केसी लगाएतलाई क्षेत्रीय समन्वय कमिटी, प्रदेश समन्वय कमिटी र लुम्बिनी प्रदेश कमिटीले नाम सिफारिस गरी केन्द्रमा पठाउने काम सकिएको दाङ जिल्ला पार्टीका उपाध्यक्ष वलीले जानकारी दिए   । 

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस