दाङ क्षेत्र नं. ३ (क) मा कांग्रेसद्वारा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकमा २७ जना नाम सिफारिस

दाङ । नेपाली कांग्रेस प्रदेश कार्य समिति क्षेत्र नं. ३ ( क ) दाङले प्रदेश सभा उम्मेदवारीका लागि २७ जनाको नाम सिफारिस गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश कार्यसमितिले प्रत्यक्ष तर्फ ८ जना समानुपातिक ( पुरुष ) तर्फ १२ जना र महिला तर्फ ७ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । शुक्रबार प्रदेश ३ ( क ) का सभापति देवेन्द्र रिजालको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

प्रदेशको प्रत्यक्षतर्फ वर्तमान प्रदेशका पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सभा सदस्य शंकर गिरी, देवेन्द्र रिजाल, टोपबहादुर केसी, किरण शाह, डा. नहकुल केसी, युवराज खड्का र एकराज आचार्यको गरी ८ जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको प्रदेश कार्यसमितिले जनाएको छ । यस्तै समानुपातिक पुरुषतर्फ जोगेन्द्र विश्वकर्मा, कृष्णकुमार गिरी, ऋषिराज लहरे (अरुण ) , प्रदीप खड्का, टेकबहादुर वली, चेतबहादुर सेर्पाइली , सुरेन्द्र बहादुर खड्का, अर्जुन गिरी, मदनराज धिताल, लीलाधर लम्साल, देवीप्रसाद हलुवाई, दलबहादुर बिक गरी १२ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिक महिलातर्फ सुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मीको नाम सिफारिस गरिएको प्रदेश कार्यसमितिका सचिव तेजबहादुर डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस