कपिलवस्तुमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक पुरुषको मृत्यु

कपिलवस्तु। कपिलवस्तुमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा मायादेवी गाँउपालिका–५ महादेवको एक खाली

जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर ६ मदरहवा बस्ने ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासीलाईको गोली लागेर मृत्यु भएको हो । पासीलाई शुक्रबार दिउँसो ३ बजेको समयमा मायादेवी गाँउपालिका–५ स्थित एक खाली घरमा अज्ञातले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । 

घटनामा संलग्नको खोजी कार्य तथा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस