इप्रका तुलसीपुरको अतिक्रमित क्षेत्रका घरटहरा हटाउन १५ दिने सूचना
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन १५ दिने सूचना जारी गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा तुलसीपुर ५ मा रहेको तुलसीपुर नक्सा नम्बर ५ घ कित्ता नम्बर २६८३ को ०.१८६२.४६ वर्गमिटर भएको जग्गामा अनधिकृत घरटहरा निर्माण गरी जग्गा अतिक्रमित गरी बसेका व्यक्तिहरूलाई १५ दिनभित्र आफै खाली गर्न प्रहरीले सूचनामा मार्फत आग्रह गरेको छ ।
डीएसपी होम बहादुर पराजुलीले जारी गरेको सूचनामा अतिक्रमित क्षेत्रमा बुनाइका घरटहरा तथा भौतिक संरचनाहरू आफै हटाउन भनिएको छ । यदि तोकिएको मितिमा संरचना नहटाएमा ती संरचनाहरू हटाइने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस


