फेरि चुनाव लड्ने छु : राज्यमन्त्री केसी
दाङ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आउँदो मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफू फेरि चुनाव लड्ने बताए । सोमबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले २०७४ सालको निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३ का जनतालाई आफूलाई साथ दिएको भन्दै फेरि पनि आफू चुनाव लड्ने पक्षमा रहेको उल्लेख गरे ।
उनले भने,‘ म क्षेत्रको छोरा हुँ । म समानुपातिकमा जाने सम्भावना कम छ । म विगतमा यही क्षेत्रबाट अत्याधिक बहुमतका साथ निर्वाचित भएको थिए । मैले फेरि पनि त्यो अपेक्षा गरेको छु । तर, पहिलो कुरा पार्टीले टिकटको व्यवस्थापन गर्ला, दोस्रो कुरा गठबन्धन छ । गठबन्धन भित्र पनि टिकट ल्याउने कुरा होला । कसलाई टिकट दिए, जित्न सक्छ, भन्ने गठबन्धन र पार्टीमा पनि कुरा हुन्छ । त्यही भएर म निर्वाचनमा जाने र लड्ने पक्षमा रहेको छु ।’ उनले कति गरेका छौँ, कति गरेनौँ, भन्ने समीक्षाको पाटो भएको भन्दै राष्ट्रलाई जोगाउने कुरा, आफ्नो क्षेत्रलाई अरु क्षेत्रबाट अन्यायमा पर्ने नदिन आफू सँधै सचेत रहेको पनि बताए ।
उनले यस्तै राज्यमन्त्री केसी आउँदो मंसिर ४ गतेको निर्वाचनको लागि हिजो सरकार बनाउँन पार्टीले गरेको त्याग र योगदानका आधारमा सिट बाँडफाँड हुने बताए । सोमबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सिटको लागि लुछाचुँडी गर्नु पर्ने अवस्था आफूले नदेखेको बताए । यो निर्वाचनसम्म गठबन्धन तलमाथि र अहिलेको सरकार एकताका साथ अगाडि बढ्ने बताए । उनले आफूले ७७ जिल्लालाई स्वास्थ्य राज्यमन्त्रीको नाताले हेर्दै आएको भएयता पनि विशेषगरी दाङ जिल्लालाई प्रमथ प्राथामिकता दिएको बताए ।
उनले जिल्लाका अस्पतालहरू रिफर सेन्टरमा रुपमा भइरहेको भन्दै आफूले जिल्लालाई प्रमुख प्राथामिकतामा राखेको पनि बताए । उनले जिल्लालाई कसरी स्वास्थ्यको क्षेत्रमा विकास गर्न सकिन्छ, भनेर आफूले थोरै समयमा धेरै काम गर्ने योजनाको साथ लागि रहेको बताए । उनले देशभर डाइलासिस मेसिनहरू दिँदा पनि जिल्लाका दुई अस्पतालमा १८ वटा मेसिनहरू दिएको पनि उल्लेख गरे । उनले प्रतिष्ठानलाई ४ सय बेड बनाउनको लागि बजेट छुट्टाएको पनि बताए । उनले काठमाडौँ उपत्यका बाहेक बाहिर ६ वटा विशिष्टीकृत अस्पताल बनाउने तयारी भइहेको अवस्थामा जिल्लामा पनि एउटा बनाउने भनेर ६ वटा ७ वटामा पु¥याएको पनि बताए ।
उनले आफ्नो निर्वाचन क्षेत्र ३ का ३ वटा गाउँपालिकामा डाक्टरहरूको व्यवस्थापन र डिजिटल एक्सरे मेसिनहरू दिन लागेको पनि बताए । उनले भने,‘ विगतका राज्य मन्त्री र अहिलेको राज्यमन्त्रीमा मैले आफैले फरक महसुस गरेको छु । म राज्यमन्त्री हुँ जस्तो महसुस भएको छैन् । विभिन्न कामको सिलसिलामा जिम्मेवारी दिने कुरामा मलाई म राज्यमन्त्री हुँ जस्तो लाग्दैन ।’ उनले सांसद र मन्त्री हुँदा आफूले धेरै फरक पाएको पनि बताए । हिजो सांसद भएर बजेट माग्दा र अहिले मन्त्री भएर बजेट माग्दा पनि धेरै कुरामा फरक पाएको अनुभव सुनाए ।
यस्तै उनले फरक प्रसङ्गमा बोल्दै आफ्नो प्रमुख लक्ष्य तुलसीपुरमा रहेको एयरपोर्ट बनाउने रहेको पनि बताए । उनले भने,‘ म जिल्लामा आउँदा कहिँले भैरहवाबाट र कहिँले नेपालगंजबाट आउनु पर्ने बाध्यता रहेको छ । जिल्लामा एउटा राम्रो एयरपोर्ट नहुँदा धेरैले समस्या भोग्दै आएका छौँ । । कहाँ, कसले कस्तो समस्या बनाए , एयरपोर्टको विकास नहुनेको कारण के के हुन भन्ने कुरा यहाँका सबै नागरिकलाई थाहा छ । ’
उनले यस पटक निर्वाचनको आचारसंहिता लागू नहुदै आफूहरुले पर्यटन मन्त्री सहतिलाई तुलसीपुरको एयरपोर्ट निरीक्षण गर्न ल्याउन कोषिस गरिहेको पनि बताए । उनले यस पटक एयरपोर्टको विकासका लागि अहिले बजेट आएको भन्दै त्यसलाई सुनिश्चिता गर्नको लागि टेण्डर प्रक्रियामा लैजानको लागि आफू लागि रहेको पनि बताए । यो टेण्डर प्रक्रियामा गएपछि यसले गति पाउने र आम जनताको आशा पुरा हुने पनि उनको भनाइ थियो ।

