थप ६६० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । देशभर थप ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ६८२ जनाको कोरोना परीक्षण गर्द ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार एक हजार ९४२ जनाको पिसिआर गर्दा ३२६ जनामा संक्रमण र २ हजार ७४० जनाको एन्टिजेन परीक्षण गर्दा ३३४ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाले ज्यान समेत गुमाएका छन्। यस्तै ४४४ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस