एसईईपछिको अन्योलताः के पढ्ने, कहाँ पढ्ने ?

२०७८ सालको बहुप्रतिक्षित एसईईको नतिजा भर्खर प्रकाशित भएको छ । कोभिड १९ महामारीको कारणले विगत दुई वर्षदेखि एसईई परीक्षा सञ्चालन हुनसकेको थिएन् । तर कोभिड महामारी नियन्त्रणपछि राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको एसईई परीक्षा वैशाष महिनामा सञ्चालन गर्न सफल भएको थियो ।

एसईईको नतिजा प्रकाशनसँगै अभिभावक र विद्यार्थी समक्ष कुन विषय पढ्ने हो ? कहाँ पढ्ने हो ? भनेर एउटा साझा प्रश्न तेर्सिएको छ । विद्यार्थी र अभिभावक अन्योलतामा छन् । मानसिक दबाबमा छन् । राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले विद्यालय शिक्षालाई आधारभुत र माध्यमिक गरी दुई तहमा बाँडेको छ ।

विद्यालय शिक्षाको संरचनामा कक्षा १ देखि ८ सम्म गरी आठ वर्ष अवधिको आधारभुत तह र कक्षा ९ देखि १२ सम्मको चार वर्ष अवधिको माध्यमिक शिक्षा कायम गरिएको छ । माध्यमिक शिक्षा साधारण, प्राविधिक तथा व्यावसायिक र परम्परागत गरी तीन धारमा छुट्याइएको छ । कक्षा ११ मा संकाय छैन् । यो लेख अभिभावक र विद्यार्थीहरुले विषय र विद्यालय छनोट कसरी गर्ने भन्ने सन्दर्भमा केन्द्रित रहेको छ ।

विषय छनोट

विद्यार्थीको रुचि र क्षमता

कुनै पनि विषय वा धार छनोट गर्दा विद्यार्थीको रुचि र क्षमता प्राथमिकतामा हुनुपर्दछ । विद्यार्थीको रुचि कुन क्षेत्रमा छ ? विद्यार्थीको क्षमता कस्तो छ ? भन्ने आधारमा विषय छनोट गर्नुपर्दछ ।

विद्यार्थीको रुचि भएर मात्र हुँदैन् । रुचि अनुसार क्षमता पनि हुनुपर्दछ । कुनै विद्यार्थीलाई मेडिकल क्षेत्रमा अध्ययन गर्ने रुचि हुनसक्छ तर क्षमता नहुनसक्छ । कुनै विद्यार्थीमा क्षमता छ तर रुचि भएन भने उसको अध्ययन सफल हुनसक्दैन् । तसर्थ कुनै विषय छनोट गर्न रुचि र क्षमता दुवैको आवश्यक पर्दछ ।

धेरैजसो विद्यार्थीले एसईईमा प्राप्त गरेको ग्रेडको आधारमा विषय छनोट गर्दछन् । राम्रो ग्रेड आयो भने विज्ञान विषय पढ्ने परम्परा छ । राम्रो ग्रेड आयो भन्दैमा विज्ञान विषय नै पढ्नुपर्छ भन्ने छैन । अरु विषय पनि अध्ययन गर्न सकिन्छ । ग्रेडको आधारमा मात्र विषय छनोट गर्नुहुँदैन् । एसईईको ग्रेड गौण विषय हो ।

मुख्य कुरा विद्यार्थीको रचि र क्षमता हो । यदि विद्यार्थीमा रुचि र क्षमता छ भने एसईईपछि अझ रामूो गर्न सक्छन् । कक्षा ११ भनेको उच्च शिक्षा हासिल गर्ने पहिलो खुड्किलो हो । उच्च शिक्षामा के अध्ययन गर्ने हो, त्यसैको आधारमा कक्षा ११ मा विषय छनोट गर्ने हो । कक्षा ११ मा विषय छनोट गर्दा विशेष ध्यान दिन जरुरी छ ।

हतारमा निर्णय गरेर पछुताउनुभन्दा समयमा नै सही निर्णय गर्नुपर्दछ । कुनै पनि विषयहरु राम्रो नराम्रो भन्ने हुँदैनन् । सर्वप्रथम आफ्नो रुचि कुन क्षेत्रमा छ प्रष्ट हुनु जरुरी छ । आफु जाने क्षेत्र स्पष्ट भएपछि मात्र विषय छनोट गर्नुपर्दछ । सर्वप्रथम विद्यार्थीले साधारण र प्राविधिक तथा व्यावसायिक धार छनोट गर्नुपर्दछ । सबै विषयको आ–आफ्नो महत्व र क्षेत्र छ । जुनसुकै विषय अध्ययन गरेपनि त्यो विषयमा राम्रो हुनुपर्दछ ।

विद्यार्थीको रुचि र क्षमता अनुसार यदि डाक्टर, इन्जिनियर, सुचना प्रविधि, नर्सिङ, फार्मेसी, वन विज्ञान तथा कृषि विज्ञान र विशुद्ध विज्ञान विषय अध्ययन गर्ने हो भने कक्षा ११ मा अनिवार्य विषयहरु अंग्रेजी, नेपाली र सामाजिक वा गणित विषय बाहेक ऐच्छिक विषयको रुपमा फिजिक्स, केमिष्ट्री, बायोलोजी र गणित विषय छनोट गर्न सकिन्छ ।

बैंक तथा वितीय संस्था, व्यावसाय र प्रशासनिक क्षेत्रमा भविष्य देख्ने र नेतृत्व लिने गुण हुने विद्यार्थीले लेखा, अर्थशास्त्र, फाइनन्स, व्यवसायिक अध्ययन विषय छनोट गर्न सकिन्छ । कानुन, शिक्षा, मानविकी क्षेत्रमा जाने हो भने त्यही अनुसार विषय छनोट गर्नुपर्दछ । छोटो समयमा अध्ययन गरेर चाँडै जागिर खान चाहने र स्वरोजगार बन्न चाहने विद्यार्थीले प्राविधिक धारतर्पm डिप्लोमा तहमा एचए, फार्मेसी, नर्सिङ, ल्याब टेक्निसियन, सब इन्जिनियर, कृषि विज्ञान, वन विज्ञान र फुड टेक्नोलोजि विषयहरु छनोट गर्नसक्छ । विद्यार्थीको रुचि अनुसार अन्य विषयहरु छनोट गर्न सकिन्छ ।

शिक्षक र अभिभावकको भुमिका

विद्यार्थीको रुचि केमा छ ? स्वभाव कस्तो छ ? कस्तो क्षमता छ ? भन्ने कुरा शिक्षक र अभिभावकलाई सबै थाहा हुन्छ । तसर्थ शिक्षक र अभिभावकले विद्यार्थीको रुचि, स्वभाव र क्षमता अनुसार विषय छनोट गर्ने सल्लाह दिनुपर्दछ ।

अभिभावकहरुले आफ्ना छोराछोरीबाट आश गर्नु स्वभाविकै हो । तर छोराछोरीप्रति आफ्ना इच्छा र आकांक्षा लाद्न खोज्नुहुँदैन् । आफुले जीवनमा पुरा गर्न नसकेका इच्छा र आकांक्षाहरु छोराछोरी मार्फत पुरा गर्नुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्दछ । छोराछोरीहरुलाई बिना दबाब उसको रुचि र चाहना अनुसार विषय रोज्न दिनुपर्दछ ।

कतिपय अभिभावकले विद्यार्थीको रुचि र क्षमता ख्याल नगरी विषय छनोट गर्न दबाब दिने गर्दछन् । अभिभावकले आफ्नो सामाजिक, आर्थिक र पदीय हैसियतसँग छोराछोरीको विषय जोडेर विषय छनोट गर्न दबाब दिन्छन् । विद्यार्थीहरुले अभिभावकको दवाबमा परेर विषय छनोट गर्नुहुँदैन् । विद्यार्थीहरुले आफ्नो रुचि र पढ्न चाहेका विषय रोज्न सबैको सल्लाह सुझाब लिएर विवेक सम्मत निर्णय लिनुपर्दछ ।

आफु भविष्यमा के बन्ने, के पढ्ने र कस्तो करियर बनाउने भन्ने कुरा आफैले निर्णय गर्नुपर्दछ । विद्यार्थीहरुले आफु अनुकुल विषय छनोट गर्नुपर्दछ । विद्यार्थीहरुले आफ्नो रुचि अनुसार विषय छनोट गर्ने हो । कतिपय विद्यार्थीहरु साथीभाईको देखासिकी र लहलहैमा लागेर विषय छनोट गर्ने गर्दछन् ।

कक्षा ११ मा अध्ययनको लागि विषय छनोट गर्ने क्रममा विद्यार्थी र अभिभावक बीच कुनै कन्फ्युजन हुनसक्छ । कतिपय अवस्थामा विद्यार्थीको मनोविज्ञान अभिभावकलाई बुझ्न कठिन हुन्छ । फलस्वरुप विद्यार्थी र अभिभावक बीच द्धन्द्ध सृजना हुनसक्छ ।

तसर्थ शिक्षक वा विज्ञसँग सरसल्लाह र सुझाब लिनुपर्दछ । कक्षा ११ मा अध्ययन गर्न विषय छनोट गर्दैगर्दा अभिभावकको आर्थिक अवस्थालाई पनि ख्याल गर्न जरुरी छ । आफुले पढ्नसक्ने विषय मात्र छनोट गर्नुपर्दछ । आफुले पढ्ने बिषयको बजारमा कति माग छ भन्ने कुराको पनि हेक्का राख्नुपर्दछ ।

विद्यालय छनोट

विद्यालयको पृष्ठभुमिः– विद्यालयको पृष्ठभुमिमा पनि ध्यान दिनुपर्छ । विद्यार्थी र अभिभावकले भर्ना हुनुअघि विद्यालयको उतिर्ण दर कस्तो छ ? विद्यालयबाट उत्पादित जनशक्ति आज कहा“ पुगे ? विद्यालयमा कस्ता विद्यार्थी भर्ना हुन्छन् ? भन्ने जस्ता कुरामा ध्यान दिनुपर्छ ।

विद्यालयले अत्यावश्यक पुर्वाधारमा ध्यान पु¥याएको या केवल हाईफाई र बाहिरी आकर्षणमा मात्र जोड दिएको हो भन्ने सवाल पनि महत्वपुर्ण हुन्छ । अभिभावक र विद्यार्थीले विद्यालय छनोट गर्दा अनुशासन, शिक्षा र पुर्वाधारलाई महत्व दिन जरुरी हुन्छ । यसका अतिरिक्त विद्यालयको कुशल व्यवस्थापन पनि विद्यालय छनोटको आधार बनाउन जरुरी हुन्छ ।

शैक्षिक वातावरण र शिक्षकः– शैक्षिक वातावरण र शिक्षक संस्थाको सबैभन्दा महत्वपुर्ण पक्ष हो । विद्यालयको वातावरण भौतिक संरचना जतिसुकै राम्रो भएपनि कतिपय विद्यालयमा योग्य शिक्षकको अभावले विद्यार्थीहरुको भविष्यमा समस्या आएको देखिन्छ । तसर्थ शिक्षकहरुको योग्यता, अनुभव र दक्षता हेर्नुपर्छ ।

विद्यालयमा पुर्णकालिन र विषयगत शिक्षकहरुको अभाव र निरन्तरको शिक्षक फेरबदलले विद्यार्थीहरुको दैनिक पठनपाठनमा असर परिरहेको हुन्छ । धेरैजसो विशेष गरेर भर्खर सञ्चालनमा आएका विद्यालयहरुमा पुर्णकालिनभन्दा पनि आंशिक शिक्षकहरुले अध्यापन गरेको देखिन्छ ।

फलस्वरुप शिक्षक र विद्यार्थी तथा अभिभावक बीच सम्पर्क गर्न कठिन भइरहेको हुन्छ । कतिपय विद्यार्थी संचार माध्यमा आएका भड्किला विज्ञापन हेरेर विद्यालयतर्फ दौडिन्छ । विद्यालयको गुणस्तरीयतामा ध्यान दिइरहेका हुदैनन् । जसले गर्दा शैक्षिक भविष्य नै ओझेलमा पर्न सक्दछ ।

पुराना विद्यार्थी र अभिभावकको अनुभवः– आजका विद्यार्थी आफैमा विद्यालयबारे धेरै नै जानकार हुन्छन् । विद्यालय कसरी र कुन आधारमा छान्ने भन्नेमा पनि उनीहरु बढी नै जानकार छन् । पछिल्ला केही वर्षमा विद्यालय खोल्ने होडबाजी नै छ भने अस्वस्थ प्रतिस्पर्धा पनि उत्तिकै छ ।

त्यसैले विद्यालयका बारेमा बाहिरी तडकभडकभन्दा पनि कक्षा संचालनको पद्धति र विद्यालयका बारेमा अग्रजहरुको सल्लाहका साथै उक्त विद्यालयमा अध्ययन सकेका पुर्व विद्यार्थी अनि अभिभावकहरुको अनुभव र सल्लाहका आधारमा विद्यालय छनोट गर्दा अझ बढी जानकारी प्राप्त हुन्छ ।

विद्यालय संचालकको पृष्ठभुमिः– विद्यालय छनोट गर्दा सवैभन्दा महत्वपुर्ण पक्ष विद्यालय संचालन गरिरहेका व्यवस्थापक र शैक्षिक कार्यक्रमको जिम्मेवारी लिएका समुहको पृष्ठभुमिका सम्बन्धमा राम्रो जानकारी लिनुपर्छ ।

विद्यालय सञ्चालकहरुको सामाजिक पृष्ठभुमि, चरित्र व्यवाहारको बारेमा पनि चासो राख्नुपर्दछ । शिक्षा क्षेत्र अन्य क्षेत्रभन्दा नितान्त संवेदनशील र फरक क्षेत्र हो । विद्यालय सञ्चालकहरुको उदेश्य के हो ? जानकार हुन आवश्यक छ । शिक्षा क्षेत्र लगाएत अन्य हेरक क्षेत्रमा काम गर्ने वा हात हालेको व्यतिm वा सञ्चालकले जति शिक्षामा गुणस्तरीयता दिनुपर्ने हो नदिन सक्छ ।

विद्यालयको स्थलगत अध्ययनः– विद्यार्थीले अभिभावकलाईस“गै लिएर विद्यालयहरुको भ्रमण गर्नु राम्रो हुन्छ । विद्यालय भ्रमण गर्दा त्यहा“को भौतिक, शैक्षिक तथा अन्य अवस्थाको राम्रोस“ग अध्ययन गर्नुपर्दछ । भौतिक पूर्वाधार प्रयोगशाला पुस्तकालय, विज्ञान तथा कम्प्युटर ल्याव लगायतका शैक्षिक पूर्वाधारका बारेमा जानकारी लिनुपर्छ । विद्यार्थी र अभिभावकले विद्यालय अवलोकन गरेर मात्र वास्तविकता बुझेर विद्यालय छनोट गर्नुपर्दछ ।

विज्ञापन र छुटको प्रलोभनः– विद्यार्थीले विद्यालय र उसले पढ्ने विषय स्वतन्त्र रुपमा छनोट गर्नुपर्छ । विज्ञापन र छुटको प्रलोभनमा पर्नु हुँदैन । शुरुमा धेरै छुट दिने विद्यालयले पछि विभिन्न बाहानामा पैसा असुलेका उदाहरण पनि छन् ।

आजको सुचना प्रविधिको युगमा विज्ञापनको आवश्यकता छ तर विज्ञापनको मात्र भर पर्नु हुदैन किनकि बाहीरी बोक्रो राम्रो हुने चिजको भित्रीभाग खोक्रो भएको पनि हुन सक्छ । संचारमाध्यमा आकर्षक प्याकेजसहित छापिएका विज्ञापन हेरेर विद्यार्थीहरु लोभिन्छन् अनि विद्यालय भर्ना भएर पढ्न थालेपछि विज्ञापनमा भनेजस्तो शिक्षा भएन भनेर पछुताउँछन् ।

विद्यालय शुल्कः– विद्यालय छान्दा अभिभावकले विद्यालय शुल्कका बारेमा पनि सोच्न जरुरी छ । आºनो आम्दानीले कम्तीमा दई वर्ष पढाउन सकिन्छ कि सकिदैन सोच्नुपर्छ । कक्षा ११ मा दिइएको छात्रवृति वा छुट कक्षा १२ मा दिन्छन् कि दिदैनन् भन्ने कुरामा पनि पहिले नै कुराकानी गर्नुपर्दछ ।

अधिकांश अभिभावकले गर्ने गुनासो भनेको कक्षा ११ मा दिइएको छुट कक्षा १२ मा पाइएन र ११ को शुल्क समेत १२ मा असुल ग¥यो भन्ने गुणासो सुनिन्छ । तसर्थ यस विषयमा अभिभावक र विद्यार्थी सचेत र स्पष्ट हुनुपर्दछ ।

आर्थिक अवस्थाः– विद्यार्थीहरुले आफनो रुचि र रोजाइसगै अभिभावकहरुको आर्थिक पक्षमा पनि ध्यान दिनुपर्छ । परिवारको आर्थिक हैसियत अनुसार र विद्यालय छनोट गर्नुपर्छ । प्रचारप्रसार र साथीभाईको लहलहैमा लागेर विद्यालय छनोट गर्न हुदैन ।

मध्यम तथा औसत आय भएको परिवारले आफ्ना छोराछोरीलाई धेरै खर्चिलो विषय पढ्न प्रेरित गरेको देखिदैन् । जसले गर्दा विद्यार्थीले आºनो रुचि अनुसारको विषय पढ्न नपाउ“दा अध्यनप्रतिको उसको रुचि नै प्रभावित हुने सम्भावना रहन्छ ।

अतिरिक्त क्रियाकलापः– कक्षा ११ मा अध्ययन गर्ने उमेरमा विद्यार्थीको शारीरिक र मानसिक विकास सँगसँगै भईरहेको हुन्छ । तसर्थ अभिभाकले आºना छोराछोरी पढ्ने विद्यालयमा के कस्ता आतिरिक्त क्रियाकलापहरु नियमित हुने गरेको छ । त्यो जान्नु जरुरी हुन्छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस