आज प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने

;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z’qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t’t ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;


काठमाण्डौं । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ । प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ । 

आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ रहेको छ । 

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । 

आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस