दाङमा घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण गर्दै

दाङ । डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण सुरु गरेको छ । गाउँ, नगर बिरुवा वितरण तथा रोपन सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो। बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरूको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी दिए।
शुक्रबार बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने उनले बताए । दैनिक जीवनमा काम लाग्ने र लगाउन माग गरिरहेका प्रजातिका बिरुवा निःशुल्क वितरण थालिएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । अभियानका क्रममा टिमुर, दालचिनी, अमला, कल्की, कपुर, पारिजात लगायतका प्रजातिका बिरुवा वितरण भइरहेको छ ।
प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस