नागरिकता विधेयक फिर्ता

k|ltlglw;ef a}7s sf7df8f}F, !@ ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] j}7sdf pkl:yt ;f+;bx? . tl:a/ Mk|bLk/fh jGt, /f;;

काठमाडौं ।  नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिइएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो । 

सरकारको नागरिकता विधेयक फिर्ता लिने निर्णयअनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गरेका थिए । 

उक्त प्रस्तावमाथि विरोधको सूचना दर्ज गर्दै विपक्षी एमालेसहितका सांसदहरुले आपत्ति जनाएका थिए । तीन वर्षभन्दा लामो तयारीबाट निर्णयार्थ प्रस्तुत गरिन लागेको विधेयक फिर्र्ता लिन नहुने उनीहरुको जोड थियो । 

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस