मन्त्री झाँक्रीले पत्रकार सम्मेलन गरेर राजीनामा दिने

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने भएकी छन्। आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गर्न लागेकी हुन्। 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन्। उनले पनि केही बेरमा पत्रकार सम्मेलन गर्दैछन्। एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई जेठ २२ गते फिर्ता बोलाउने निर्णय गरेको थियो। 

एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। 

हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो। 

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस