तुलसीपुर १९ मा योजना छान्ने चटारो

बिजौरी । नयाँ जनप्रतिनिधि आएसँगै तुलसीपुर उपमहानगरपालिका १९ मा योजना छान्न उपभोक्ताहरुको उत्साहजनक सहभागिता देखिएको छ । योजना छान्न वडा कार्यालयले सवैको सहभागिताको आह्वान गरेपछि वडा माताहतका सबै टोल विकास समितिका अगुवाहरु, शिक्षा क्षेत्रका अगुवा, स्वास्थ्य, सडक क्षेत्रका अगुवादेखि किसान र गृहिणिहरु सम्म पनि योजना तर्जुमा गोठीमा सहभागी देखिएका छन् ।

वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको योजना तर्जुमा गोष्ठिमा वडाका सवै कर्मचारीदेखि वडा सदस्यहरु समेतको बाक्लो उपस्थिति थियो । सो अवसरमा नेकपा माओवादीका दुर्गवहादुर विक, नेपाली कांग्रेसका पदमवहादुर वली, एमालेका लोकवहादुर रोका, नेकपाका वीर वहादुर वली, राप्रपाका वीर वहादुर मल्ल, स्थानीय पत्रकार राकेश बस्नेत, विजौरी उद्योग वाणिज्य संघका सदस्य गोविन्द रोका, स्वास्थ्य चौकीका इन्चार्ज गोविन्द पादेै लगायतले अआफ्नो क्षेत्रका योजनाहरु वडा भेलामा प्रस्तुत गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष प्रेमनाथ योगीले वडाको समानुपातिक एवं समावेशि विकासमा सधै प्रतिवद्ध रहेको बताउँदै हरेक टोलमा हुने विकास निर्माण पहुँचका आधारमा नभएर आवश्यकताका आधारमा हुने प्रतिवद्धता जनाएका थिए । उनले स्थानीय स्वायत्त ऐनले तोकेको क्षेत्रभित्र रहेर हरेक क्षेत्रलाई समृद्ध बनाउन बजेटले सम्वोधन गर्ने पनि बताए ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस