मुख्यमन्त्रीको आदेशपछि मन्त्री विमला वलीलाई बुटवल लगिदै, मीनाले दिइन् जाहेरी

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवल ल्याउन लागिएको छ । मँगलबार विहान अर्काको घरमा बेडरुममै पुगेर ‘प्रेमी’ खोज्दै एक महिला र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि मन्त्री वली प्रहरी नियन्त्रणमा रहेकी छन् । दाङको तुलसीपुर–५ मा अवस्थित वाईसिएल नेता एकराज बस्नेतकी श्रीमती मिना भण्डारी र उनकी छोरीमाथि मन्त्री वलीले हातपात गर्न पुगेकी थिइन् । घटनापछि स्थानीयले विरोधमा उत्रिएपछि मन्त्री वलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर लगिएको थियो ।

स्थानीयले मन्त्री वलीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेपछि कडा सुरक्षा दिएर पुनः जिल्ला प्रहरी कार्यालय घोराही पुर्याइउको थियो । घोराही पुर्याइएकी मन्त्री वलीलाई बुटवल ल्याउन मुख्यमन्त्री केसीले निर्देशन गरेपछि बुटवल ल्याउन लागिएको एक प्रहरी अधिकारीले जानकारी दिए । पीडित मिना भण्डारीले मन्त्री वली विरुद्ध किटानी जाहेरी दिएकी छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँरले स्वास्थ्य राज्यमन्त्रीबिरुद्ध किटानी जाहेरी आएको बताए ।

प्राप्त जाहेरीलाई जिल्लाको आदेशानुसार जिल्ला प्रहरी कार्यालय घोराही पठाउने पठाउन लागिएको उनले बताए । मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी हुन् । बिमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको उनले बताएकी छन् ।

त्यसपछि घरभित्र पसेर एकराजको खोजि गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्दा भन्दा बिमलाले ‘तेरो श्रीमान होइन भनेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि हमला गरेको उनको भनाइ छ । त्यस क्रममा आफ्नो कपाल लुछेर लडाइ लात्ती र मुड्कीले हानेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । छ्ट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उनले बताएकी छन्

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस