नगरवासीको आधारभूत आवश्यकता पूरा हुने गरि योजना तर्जुमा गर्न सरोकारवालाको सुझाब

लमही । नागरिकका आधारभूत आवश्यकताहरूलाई पूरा गर्न सक्ने गरी लमही नगरपालिकाले आफ्नो वार्षिक योजना र कार्यक्रमहरू अघि सार्नु पर्नेमा सरोकारवालाहरूले  सुझाब दिएका छन् । उनीहरूले नगर र नगरवासीको उन्न्ती विकास र समृद्धिको लागि तत्कालीन अल्पकालिक र दीर्घकालिक योजना र कार्यक्रम बनाई अघि बढ्न नगरपालिकालाई  आग्रह गरेका छन् ।  उनीहरूले चेतना र आर्थिक स्तरमा पछाडि परेकालाई समेट्नेदेखि उज्यालो लमही राम्रो र सुन्दर लमही बनाउने गरि योजना तर्जुमा गर्नुपर्ने सुझाब दिएका छन् । 

लमही  नगरपालिका नगर कार्यपालिकाको आयोजनामा आज बिहीबार लमहीमा आर्थिक वर्ष २०७९/८० को योजना तर्जुमा एवं सुझाब संकलन  तथा छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले सो सुभाब दिएका हुन । कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सरोकारवालाहरूको सुझावहरूलाई आत्मसाथ गर्दे नगरपालिकाले आवश्यकता अनुरूपको बजेट र कार्यक्रम बनाउने बताए । उपप्रमुख लक्ष्मी योगीले बजेट सबै क्षेत्र बर्ग समुदायलाई समेटेर बनाउनु पर्ने भएकोले आवश्यकताको प्राथमिकीकरण गरेर योजना तर्जुमा गरिने बताइन् । 

सो अवसरमा पुर्ब नगर प्रमुख कुलबहादुर केसीले नगरपालिकाले कार्यक्रमभन्दा पहिला नगर नीति बनाएर कार्य सम्पादन गर्न आवश्यक रहेको सुझाब दिए । उनले हिजोको नगरवासीको आवश्यकता र आजको आवश्यकता फरक हुन सक्ने भएकाले समयको मागसँगै नगरपालिकाले आफ्नो कार्यक्रमलाई परिर्माजन गर्न आवश्यक रहेको बताए । पुर्ब उपप्रमुख देबका बेलबासेले अघिल्लो कार्य समितिले सम्पन्न गर्न बाँकी रहेको राम्रा योजना र कार्यक्रमलाई  समेट्न आग्रह गरिन् । सो अवसरमा बोल्ने राजनीतिक दलका नेता सामाजिक क्षेत्रका अगुवा तथा अन्य सरोकारवालाहरूले बजेटले जनताको जीवनस्तर उकास्ने र जनतालाई छुने  खालको  हुनुपर्ने बताएका छन् । उनीहरुले कृषि, शिक्षा, स्वास्थ्य  सचार र उधम शिलतालाई  बिशेष जोड दिनुपर्ने सुझाब दिएका छन् । 

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीको स्वागत तथा विषय प्रदेशबाट सुरु भएको कार्यक्रममा नागरिक समाज दाङका उपसभापति निमबहादुर थापाले कम्तीमा पनि लमही नगरपालिका कुनै एक कृषि उपजमा आत्मनिर्भर हुने गरि बजेट तथा कार्यक्रम निर्माण गर्न सुझाब दिए । उनले सञ्चारको विकासको लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताए ।   

लमही नगर विकास समितिका पूर्व अध्यक्ष घनश्याम सुबेदीले लमही कोइलाबास हुलाकी सडक फराकिलो बनाउनुपर्ने, लमहीको रातोडाँडामा डिपिआर गरिएको बहुसभाहल निर्माणका लागि पहल थाल्नुपर्ने कृषकका लागि विशेष योजना ल्याउन  सुझाब दिए भने कुसुन्डा भाषका ज्ञाता उदयराज आलेले मातृभाषको संरक्षण सँगै पुराना सम्पादाको संरक्षणका लागि बजेट र कार्यक्रमले छुनुपर्ने बताए ।
 
सो अबसरमा बेदनिधि धितालले अपाङ्ग उधमशिलतामा जोड दिनपर्ने सुझाब दिए । सो कार्यक्रममा खानेपानी अपाङगता भएका ब्यक्ती जेष्ठ नागरिक बालबालिका समस्यामा परेका महिला पर्यटन बिकास, उधमशिलताका लागि सीप बिकास तालिमहरु बर्षिक कार्यक्रममा समेट्न सुझाब दिएका छन् । त्यसैगरी करको दायरा घटाउन र र्दुब्यसनि मुक्त समाज निर्माणका लागि पहल गर्न, जैबिक विविधताको संरक्षण, जेष्ठ नागरिक कोष स्थापनाका सवालहरुलाई समेट्न आग्रह गरिएको छ ।
 
सो अबसरमा एक र्दजन बढीले आ–आफ्नो  धारणा व्यक्त गरेका थिए भन्ने कार्यक्रमको सहजीकरण  गायत्री थापाले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस