जनप्रतिनिधिले अझै पनि सम्पति विवरण सार्वजनिक गरेनन

दाङ । स्थानीय तहमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधि निर्वाचित भएर काम सुरु गरिसक्दा पनि निवर्तमान जनप्रतिनिधिले अझै पनि सम्पति विवरण सार्वजनिक गरेका छैनन् । दाङका दुई उपमहानगर पालिकासहित १० वटै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म सम्पति विवरण सार्वजनिक नगरेका हुन् ।

सार्वजनिक पदधारण गरेपछि जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि सम्पति विवरण पारदर्शी बनाउन जनप्रतिनिधिले आनाकानी गरेका छन् ।

जनप्रतिनिधिले निर्वाचित भएर आइसकेपछि कार्यकाल नसकिदासम्म प्रत्येक वर्ष आफ्नो सम्पति सार्वजनिक गर्नुपर्ने भएपनि जिल्लामा कुनै पनि जनप्रतिनिधिले आफ्नो सम्पति सार्वजनिक नगरेको देखिएको छ ।

१० वटै पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य सबैले सम्पति विवरण असहलेसम्म सार्वजनिक नगरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस