दाङमा पाठ्यपुस्तक अभाव

दाङ । शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि दाङमा पाठ्यपुस्तक सहज हुन सकेको छैन । सरकारीरसामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहजरुपमा पाउन सकेका छैनन् ।
विशेष गरि कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्राय सबै किताबहरु अभाव देखिएका छन् । त्यसैगरेर अनिवार्य विषयतर्फका मुख्य विषयहरुको पनि जिल्लामा अभाव देखिएको छ ।
दाङ जिल्ला स्टेशनरी व्यवसायी समितिको अध्यक्ष शकर शर्माले जिल्लामा सरकारी र निजी र सरकारी सबै प्रकारका पाठ्यपुस्तक अभाव रहेको जनाकारी दिए । निजीको १५ प्रतिशत र सरकारी ३० प्रतिशत पुस्तक अभाव भएको बताए ।
यस्तै जिल्ला पुस्तक व्यवसायी संघका कोषाध्यक्ष तथा जनक शिक्षाका आधिकारीक बिक्रेता तिर्थबहादुर डाँगीले समयमै पुस्तक नआउँदा समस्या भएको बताए ।
प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस