जिसस दाङको निर्वाचन जेठ २९ गते हुने

घोराही । जिल्ला समन्वय समिति दाङको निर्वाचन जेठ २९ गते हुने भएको छ । आज घोराहीमा बसेको छैटौं जिल्ला सभाले जेठ २९ गते निर्वाचन गर्ने निणर्य गरेको हो । स्थानीय तहका प्रमुख मध्य जेष्ठ अध्यक्ष लमही नगरपालिकाका मेयर जोगराज चौधरीको अध्यक्षतामा सभा भएको थियो ।
सभामा जिल्ला समन्वय समितिका कार्यवहाक सभापति श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय अधिकारी मोहन सुवेदीलगायतको उपस्थिति रहेको थियो । सभाले जिल्ला समन्वय समितिमा ९ सदस्यीय कार्यसमिती बनाउने निणर्य समेत गरेको छ ।
यसैबिच केन्द्रको परिपत्र अनुसार जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते १० बजेदेखि दिउँसो ३ बजेसम्म गर्ने जिल्ला समन्वय अधिकारी श्रीधर शर्मा पौडेलले जानकारी दिए ।
जिल्ला समन्वय समितिमा स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्ने कानुनी व्यवस्था रहेको छ । जिल्ला समन्वय समिति दाङको निर्वाचनका लागि नेपाली कांग्रेसको बहुमत छ ।